१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

औषधी व्यवसायहरु मर्यादित र विश्वसनीय हुनुपर्ने कुरामा जोड

Logo
प्रकाशित आइतबार, पुष ११, २०७८

(ABC-Sanchar)
दाङ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नागरिकको जीवन रक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको औषधि व्यवसायलाई थप मर्यादित र विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा दाङ तथा नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा शनिवार घोराहीमा औषधी पसल सञ्चालन आचार संहिता कार्यान्वयन विषयक एकदिने तालिमको उद्घाटन सत्रमा बोल्दै चौधरीले व्यवसायलाई थप मर्यादित बनाउन व्यवसायीहरु नै गम्भीर हुनुपर्ने बताउनुभयो ।
उहाँले नागरिकको पहिलो डाक्टर औषधि व्यवसायी नै भएको उल्लेख गर्दै चौधरीले सोहीअनुसारको जिम्मेवारी बहन गर्न औषधि व्यवसायीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सानो कमजोरीले विरामीको ज्यान तलमाथि हुने अवस्था आउने भन्दै गुणस्तरीय सेवा र सरकारी मापदण्डलाई पालना गर्न सुझाव दिनुभयो ।
सोअवसरमा बोल्दै विशिष्ट अतिथी एवं औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका प्रमुख निनु श्रेष्ठले औषधि व्यवसायीहरुलाई औषधि बिक्री वितरण संहिताको पालना गर्न आग्रह गर्नुभयो । औषधि बिक्रीवितरण संहिता पुरानो भएकाले परिवर्तनको प्रक्रिया थालि सकिएको उल्लेख गर्दै व्यवसायलाई व्यवस्थित, मर्यादित तथा विश्वसनीय बनाउन संहिताको पालनामा जोड दिनुभयो । यसैगरी जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत बहादुर शाही लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगंज बाँकेले समन्वय गरेको कार्यक्रममा दाङ जिल्लाका एकसय पचासी जना मेडिकल सञ्चालकहरुको सहभागिता थियो । नेपाल औषधी व्यवसायी संघ दाङ शाखाका सचिब सुनिल रेग्मीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शालिकराम आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । औषधी व्यवसायी संघका जिल्ला शाखा दाङका अध्यक्ष बिष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका महासचिब तुफानबाबु श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रमको तालिम सेसनमा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले भर्चुअल मार्फत औषधी पसल संचालन गर्दा नेपाल सरकार औषधी व्यवस्था विभागले जारी गरेको आचार संहितालाई अक्षरश पालना गरी कुशल औषधी वितरण अभ्यास (GPP) लाई पूर्ण रुपले पालना गरी व्यवसाय संचालन गर्न सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । व्यवसायीहरुलाई औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका प्रमुख निनु श्रेष्ठ, फार्मेसी अधिकृत धनबहादुर बोहरा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरीनिरीक्षक झविन्द्र परियारले प्रशिक्षण दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले नेपालगन्जमा २२ वर्षीया सिर्जना बुढा मगरलाई जिउदै जलाएर हत्या गरिएको घटनामा प्रहरीले केही गरिन भन्ने आरोप पछी पिडित परिवारलाई दुई हात जोड्दै भन्छ्न, “म यो लगाएको फुलि निकालेर फाल्दिन्छु तर कसैको दबाब प्रभाबमा नपरि निस्पक्ष छानबिन गरेर हत्यारालाई कडा भन्दा कडा सजाय दिलाउछु”। एसपी […]

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । […]

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

error: Content is protected !!