
(नन्दु यादव)
नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ६ महिनाको अवधिमा ५ करोड १८ लाख ८३हजार रुपैयाँ बराबरको राजश्व दाखिला गर्न सफल भएकाे छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक मनोज कुमार यादवले जानकारी गराउनु भएकाे थियाे।असार मा सरुवा भई अाउनु भएका एसपि यादव निकै कडाका साथ प्रस्तुत हुँदै जिल्लामा तस्करी राेक्ने र शान्ति सुरक्षा लाई मजबुत पार्ने कुरालाई मध्यनजर गर्दै अगाडि बढनु भएकाे छ। जसमध्ये प्रहरीले सबैभन्दा बढि भारत बाट अवैध रुपमा
भित्र्याईएका समान र भारत तर्फ तस्करी गरिने मटर बरामद गरे बापत ४ करोड ७० लाख रुपैयाँ बराबरको राजश्व दाखिला गरेको छ । त्यस्तै अवैध नदिजन्य पर्दाथ उत्खनन कारवाहि बापत ६ लाख ९८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । । यसैगरी अवैध वन पैदावर ढुवानीको क्रममा ५ लाख ५५ हजार बराबरको राजश्व संकलन भएको छ । प्रहरीले ३५ लाख ९० हजार श्रोत नखुलेको रकम बरामद गरेको छ । उक्त रकम र पक्राउ परेका ४ जनालाई आवश्यक कारवाहिका लागी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको प्रहरी उपरिक्षक यादवले बताउनुभयो । यसै गरि प्रहरीले ६ महिनाको अवधिमा १ सय १ जना फरार अभियुक्त पनि पक्राउ गरेको छ । । उता लागुअाैषध अाेसार पसार तर्फ पनि
प्रहरीले ६ महिनाको अवधिमा १४ ओटा मुद्धा दर्ता गरेको छ भने २९ जनालाई पक्राउ गरेको छ । उनिहरुको साथ बाट प्रहरीले ६ महिनाको अवधिमा १० किलो चरेश, २०० ग्राम गाँजा, ४ सय ७० ग्राम ब्राउन सुगर, ६ सय २७ एम्पुल डाईजेपाम, फेनरागन ६ सय ३८ एम्पुल, नाईट्राभेट १२ सय ५३ ट्याब्लेट, स्पास्मो ७ सय २८ ट्याब्लेट, कोरेक्स ११ बोतल, ओनरक्स ५ बोतल र अल्फाजोल ८ बोतल बरामद गरेको छ । यसैबिच पश्चिम नवलपरासी प्रहरीले लागु औषध सहित चार जना लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा सोधपुछ गर्ने क्रममा भूमही –परासी सडक खण्डको रामग्राम–११ रानीपाकड बाट लागुऔषध सहित चार युवकलाई पक्राउ गरेको हो। शंका लागि चेकजाँच गर्ने क्रममा लु ४५ प ४१५३ नम्बरको मोटरसाईकलमा सवार पुर्वि नवलपरासीको कावासोती नगरपालिका –९ का १९ वर्षीय सुदिप सुनार र सोही मोटरसाईकलमा रहेका सोही स्थानका १९ वर्षीय निश्चल घिमिरेको साथबाट ८५५ ट्याब्लेट नाईट्रोभेट फेला परेको हो ।
उनिहरुकै साथमा आएको अर्काे बा प ०२–०३० प ६२३९ नम्बरको मोटरसाईकलमा सवार कालिकोट खडाचक्र नगरपालिका – ४ बस्ने २२ वर्षीय बिमल शाही र सोही स्थान बस्ने २२ वर्षीय रमेश अधिकारी पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहिले जानकारी दिनुभयो ।कार्वाहिका लागि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।यसै गरि ट्राफिक नियम सम्बन्धि जानकारी ,लागुअाैषध सम्बन्धि जनचेतना बारे कार्यक्रम सन्चालन पनि गरिदै अाएकाे र थप याेजना का अगाडि बढने बताईएकाे छ ।