१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसका सुरक्षा गार्डको कुटाईबाट १ युवाको मृत्यु

Logo
प्रकाशित मंगलबार, पुष १३, २०७८

ABC (क्राईमबिट)
बाँके । नेपालगञ्जमा क्याम्सका सुरक्षा गार्डको कुटाइबाट एक युवा मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं.१७ का २२ वर्षीय राजु भनिने नन्कु पासीको मृत्यु भएको हो ।

राजुलाई पुष १० गते दिउँसो नेपालगन्ज महेन्द्र बहुमुखि क्याम्पसका सुरक्षा गार्ड राजकुमार श्रेष्ठले कुटपिट गरेका थिए । गार्डले मुक्का र बुटले जथाभावी हिर्काएको मृतकका आफन्तहरुले प्रहरीलाई बताएका छन ।

क्याम्पस कम्पाउण्डभित्र राजुले घासपात काटिरहेको देखेपछि क्याम्पसको सुरक्षार्थ खटिएका गार्डले कुटपिट गरेका थिए । त्यसपछि राजु आफ्नो घर गएका थिए । त्यसैरात राजुको स्वास्थयमा समस्या भएपछि आइतबार भेरी अस्पतालमा ल्याइएको थियो । भेरीका चिकित्सकहरुले पेटमा रक्तश्राव भएको भन्दै नेपालगन्ज मेडिकल कलेजमा रिफर गर्यो । उनको मेडिकल कलेजमै उपचारका क्रममा मृत्यु भएको हो ।

कुटपिट गर्ने राजापुर नगरपालिका वडा नं.४ बर्दियाका ४९ वर्षीय गार्ड श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण पत्ता लाग्ने एसपी अधिकारीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले नेपालगन्जमा २२ वर्षीया सिर्जना बुढा मगरलाई जिउदै जलाएर हत्या गरिएको घटनामा प्रहरीले केही गरिन भन्ने आरोप पछी पिडित परिवारलाई दुई हात जोड्दै भन्छ्न, “म यो लगाएको फुलि निकालेर फाल्दिन्छु तर कसैको दबाब प्रभाबमा नपरि निस्पक्ष छानबिन गरेर हत्यारालाई कडा भन्दा कडा सजाय दिलाउछु”। एसपी […]

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । […]

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

error: Content is protected !!