१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

५० लाख रुपैयाँसहित सौर्य एयरलाइन्सका २ जना कर्मचारीलाई पक्राउ

Logo
प्रकाशित आइतबार, पुष १८, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सकी एसिसटेन्टका रुपमा कार्यरत रेशा शाक्य पोखरेललाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।

प्रहरीले विराटनगर महानगरपालिका ४ की ३३ वर्षीया पोखरेललाई शनिबार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । विराटनगरबाट काठमाडौँ आउँदै गरेको सौर्य एअरलाइन्सको जहाजमा सोही एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच समेत नगरी झोला राखेको सूचनाका आधारमा काठमाडौँमा जाँचका क्रममा उक्त नगदसहित प्रहरीले पोखरेललाई पक्राउ गरेको हो ।

पोखरेल सौर्य एयरलाइन्समा एसिसटेन्टका रुपमा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीसँग एक हजारका दरले चार हजार ९०० थान र पाँच सयका दरका १०० थान गरी रु. ५० लाख नगद बरामद गरेको हो ।

बरामद रकमसहित पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

विराटनगरका स्टेशन इन्चार्ज पौडेललाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ परेका पौडेललाई काठमाडौं लैजाँदै गरिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।   बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ ४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. […]

काठमाडौँ । नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो । प्रेस विज्ञप्ति अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डाक्टरहरूमाथि सांघातिक आक्रमण […]

error: Content is protected !!