१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

लुम्बिनी प्रदेश विशेष प्रहरी टोलीले बर्दियाबाट ७ लाख भन्दा धेरैको चाइनिज लसुनसहित २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन १२, २०८३

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

आज राति करिब २:३० बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले फुटाहा चेकपोस्टदेखि करिब ५० मिटर दक्षिण, दशगजा क्षेत्रको ५१ नम्बर पिलर नजिक साइकलमार्फत लसुन ओसारपसार भइरहेको अवस्थामा भारतको बहराइच जिल्लाको सोहनी ग्राम पञ्चायत निवासी ३८ वर्षीय कमान चौधरी र १४ वर्षीय रुपेश चौधरीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट तीन थान साइकल र १० बोरा (३०० केजी) चाइनिज लसुन बरामद गरेको थियो। त्यसपछि थप शंकाका आधारमा गरिएको खानतलासीका क्रममा नजिकैको खाली घरगोठमा बनाइएको गोदामबाट थप २१ बोरा (६३० केजी) चाइनिज लसुन बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन र तीन थान साइकलको अनुमानित मूल्य रु. ७ लाख ३ हजार रहेको छ। पक्राउ परेका दुवै जना तथा बरामद सामानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाको जिम्मा लगाइएको प्रहरीले जनाएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।   बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ ४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. […]

error: Content is protected !!