१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

रुकुम पुर्वमा १ हप्तादेखि हिउँमा फसेका १४ मजदुरको हेलिकप्टरबाट उद्धार

Logo
प्रकाशित सोमबार, पुष १९, २०७८


(ABC-Sanchar)
रुकुम । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ घुसदुङमा १४ मजदुर गएकाे सात दिनदेखि हिउँमा फसेका थिए । हिजो आइतवार मजदुरहरू हिउँमा फसेको थाहा पाउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले उद्धारका लागि गृह मन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकप्टर पठाउन पहल गर्नुभएको थियो ।

आज साेमवार दिउँसो सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर मजदुरहरूकाे उद्धार गरेको प्रजिअ बास्कोटाले बताउनुभयो ।

उद्धार हुनेहरूमा १० जना पुरुष र चार जना महिला रहेका छन् । पुथाउत्तरगंगा २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुनलाई उद्धार गरेर उनीहरूकै गाउँ पेल्मामा छोेडिएको छ । उनीहरूकाे अवस्था सामान्य रहेकाे र सबै जना नजिकैको ओढारमा बसेको बताइएको छ ।

गाउँपालिकाको वडा नम्बर २ मा सडक निर्माणका लागि खटिएका उनीहरू गएकाे १३ र १४ गते बाक्लो हिउँ परेर जमेपछि बसिरहेकै ठाउँमा फसेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ विपदकाे जाेखिम न्यूनीकरण गर्नका लागि दाङको देउखुरीका चारवटै स्थानीय सरकारबीच सहकार्य बढाउन शुरु भएको छ । खासगरी आगलागी, खडेरी, हावाहुरी र पानीबाट हुने विपद व्यवस्थापन – न्यूनीकरणका लागि यस्तो निर्णय भएको छ । राप्ती गाउँपालिकाको सभा हलमा मंगलबार आयोजित अन्तर स्थानीय तह समन्वय बैठकले यस्तो समझदारी गरेको हो । लुम्बिनी प्रदेशको राजधानी […]

काठमाडौं । यदि तपाई चिया र चुरोटको शौकीन हुनुहुन्छ भने तपाईले नचाहेकै पनि धेरै रोगहरुलाई निम्तो दिईरहनुभएको छ यी दुई सँगै पिउनाले धेरै रोगहरुको जोखिम बढ्छ । कार्यालय अगाडि प्रायः चिया पसल हुन्छ। जसमा चुरोट पनि पाइन्छ । अफिसबाट निस्किने बित्तिकै मानिसहरु आफ्नो तनाव कम गर्नका लागि चिया संग चुरोट पिउने गर्छन् तर यो गलत […]

दाङ । घोराही सिस्ने खोलादेखि मुर्कुटी जाने सडक कालोपत्रे हुनुपर्ने माग राख्दै विगत पाँच दिनदेखि सो क्षेत्रमा सिमेन्ट उद्योगको खानेसम्म चल्ने टिप्पर रोकेर आन्दोलन गरिरहेका विभिन्न १२ वटा टोल विकास संस्थाका प्रतिनिधिहरु आफ्नो गुनासो सुनवाई गर्ने उद्देश्य सहित काठमाडौँ डेलिगेसन गएका छन् । डेलिगेसनमा गएको टोलीलाई विदाई गर्दै घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले सो […]

error: Content is protected !!