२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

नेपाल प्रहरी को को माथि हुँदै छ बिभागिय कार्वाही नामसहित

Logo
प्रकाशित मंगलबार, पुष २०, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । संगठनको चेन अफ कमाण्डमा प्रहरी महानिरीक्षक शैलैश थापा क्षेत्री त कमजोर भएकै छन्, गृहमन्त्री बालकृष्ण खाण आफैंसमेत हस्तक्षेपबाट वाक्क भइसकेका छन् । बालुवाटारबाट हुने चलखेल र हस्तक्षेपले गृहमन्त्री नै हैरान हुन थालेका छन् ।

गृहमन्त्रीले अघि बढाएका कतिपय प्रस्ताव पनि बालुवाटारबाट रोकिएका छन् । गृहमन्त्रीले एआइजी हरिबहादुर पाललाई कारबाही गर्न प्रस्ताव अघि बढाएका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको छ । तीन भारतीय नागरिकलाई एआइजी पालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी भारतलाई बुझाएको घटनामा निलम्बनकै तयारी भएकोमा हालसम्म प्रतिवेदनसमेत लुकाएर कारबाही गरिएको छैन । माथिल्लो निकायलाई कुनै जानकारी नदिई तीन भारतीयलाई सुनौली नाका लगेर भारतीय सुरक्षाकर्मीलाई बुझाइएको थियो । यस्तो गम्भीर घटनालाई डिसमिस गराउने प्रयास भइरहेको छ ।

एआइजीको कारबाही रोकिए पनि सरुवा भने हुने भएको छ । महानगरीय प्रहरी कार्यालयमा उनको १३ महिना पुगिसकेको छ । महानगरीय प्रहरी कार्यालयमा सरुवाका लागि प्रद्युम्न कार्की, निरज शाही तथा सहकुल थापाबीच प्रतिस्पर्धा छ । सरकारले एआइजीको दरबन्दी थप्ने तयारी गरेकाले तत्कालै थप्ने अवस्था आएमा नयाँ बढुवा हुने एआइजी पनि मेट्रोमा जाने सम्भावना छ ।

त्यस्तै, यसअघि काठमाडौं परिसरका एसएसपी अशोक सिंहको सरुवा पनि बालुवाटारले नै रोकाएको थियो । निर्णय भएको दुई महिनापछि त्यसको कार्यान्वायन भएको छ । तर, रमाइलो के भने अहिले ती एसएसपीमाथि समेत कारबाही गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

जुवाडेको चेक बरामद गरी मुद्दा नचलाई फिर्ता गरिएको घटनामा उनीमाथि छानबिन गरी कारबाही गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । सिन्धुलीका राजकुमार बरालले मदिराको नशामा दुई करोड २३ लाख रुपैयाँको चेक साथी सुभास भेटवाललाई दिएका थिए । भेटवालले बिचौलियामार्फत एसएसपी सिंहलाई प्रभावमा पारी पैसा उठाइदिन भनेका थिए ।घटनाको मुचुल्कासमेत भएको सो प्रकरणमा प्रहरीले मुद्दा नचलाई बराललाई धम्काएर पैसा दिन भनेको थियो । जसकारण एसएसपी सिंह र तत्कालिन डिएसपी नरेन्द्र चन्दमाथि छानबिन सुरु भएको छ । डिआइजी राजेशलाल कर्णको नेतृत्वमा छानबिन सुरु भएको छ । सिनियरलाई उछिनेर डिआइजी हुने दाउमा लागेका सिंहलाई यो प्रकरणले धक्का लाग्ने निश्चित छ । यसअघि गृहमन्त्रीको सरुवा पावर लगाएर रोकाएकाले पनि अहिले गृह नेतृत्व उनीसँग रुष्ट भएर कारबाही गर्न लागेको हो ।

उता, तीन एसपीमाथिको छानबिन पनि अलपत्र परेको छ । धनुषाका तत्कालिन एसपी प्रकाश रानाभाट, सर्लाहीका सन्तोषसिंह राठौर तथा रौतहटका सिद्धिबिक्रम शाहमाथिको छानबिन अलपत्र परेको छ । रानाभाटले मुद्दामा चलखेल गरेको तथा राठौरले जुवा खेलेको र अनुसन्धानमा चलखेल गरेको खुलेको थियो । त्यस्तै शाहमाथि पत्रकारलाई लागू औषध मुद्दामा फसाउन खोजेको आरोपमा छानबिन थालिए पनि अझै टुंगिएको छैन ।
दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!