१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

सल्यानकाे भाइरल घटना २ जना महिला सल्यान प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, पुष २२, २०७८

ABC (क्राईमबिट)
सल्यान । कुमाख गाउँपालिका वडा नम्बर २ स्वीकाेट नेटामा कुटाकुट गर्ने २ महिला सल्यान प्रहरीकाे नियन्त्रणमा गएका छन् ।
पुस १७ गते नेटाबजारमा किराना पसल गर्ने डम्बरी बुढाथाेकीलाइ छिमेकी सम्झना बुढाथाेकी, उनका श्रीमान भीम प्रकाश वलि र बहिनी सबिना बुढाथोकीले कुटपिट गरेकाे एक मिनेटकाे उक्त भिडियाे भाइरल बनेकाे हाे । आफु पसलमा बसिरहेकाे बेला तिनजना आएर आफुलाइ कुटपिट गरेकाे डम्बरीकाे भनाइ छ ।

उता सम्झनाले भने पहिला आफुलाइ डम्बरीले कुटपिट गरेकाेले जवाफी कारबाही स्वरुप कुटपिट गरेकाे बताएकी छन् । डम्बरीले आफुलाइ आँसीले टाउँकाेमा गहिराे चाेट पर्नेगरी हानेकाे र त्यसपछि ज्यान बचाउनलाइ आफुले हानेकाे सम्झना बताउँछिन् ।

दुवैले एकअर्कालाइ ज्यान मार्ने उद्याेगमा मुद्दा दिने भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा आएपछि प्रहरीले दुवैलाइ पक्राउ गरेर हिरासतमा राखेकाे छ ।

‘उहाँहरु पहिलेदेखि नै झगडा गर्नुहुँदाे रहेछ । पहिला पनि उहाँहरुकाे मुद्दा छ । एकले अर्कालाइ आराेपमात्रै लगाउनुहुन्छ ।’, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर अर्जुन पाैडेलले भने, ‘त्यहि भएर अहिले दुवैलाइ हिरासतमा राखेर अनुसन्धान गर्दैछाैं ।’

सकभर उनिहरुलाइ मेलमिलाप गर्न सुझाव दिइएकाे उनले बताए । ‘दुवैजना मिलापत्र गरेर समाजमा राम्राे सँग बस्नुहाेस् भन्ने हाम्राे सुझाव छ । यदि उहाँहरु मिल्नुभएन भने दुवैकाे जाहेरीका आधारमा हामी मुद्दा प्रक्रिया अगाडी बढाउँछाैं ‘, उनले भने ।

उनिहरु दुवैजना छिमेकी हुन्रभने दुवैकाे माइत पनि एउटै भाइसन्तानमा पर्छ । बच्चैदेखि सँगै साथ गर्ने उनिहरुकाे गएकाे कार्तिकदेखि झगडा पर्ने गरेकाे स्थानीयहरु बताउँछन् । उनिहरुकाे छगडाकाे जग छाेराछाेरीकाे झगडाबाट सुरु भएकाे बुझिएकाे छ ।याे पनिः सल्यानमा सबैभन्दा भ्रष्ट्राचार र बेथिति माओवादीले नेतृत्व गरेका पालिकामा छः गणेशमान

याे पनिः सल्यानमा ३ जना मिलेर एक महिलामाथी कुटपिट गरेकाे भिडियाे भाइरल, के हाे घटनाकाे वास्तविकता ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । विशेषगरी बाँकेको नेपालगञ्ज क्षेत्रमा पानीको अभावले पक्षीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्था गर्ने उद्देश्यले एक अभियान शुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोगमार्फत चराचुरुङ्गीले सहजरूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएका छन्। ती भाँडाहरू विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने […]

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

error: Content is protected !!