०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

सल्यानकाे भाइरल घटना २ जना महिला सल्यान प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, पुष २२, २०७८

ABC (क्राईमबिट)
सल्यान । कुमाख गाउँपालिका वडा नम्बर २ स्वीकाेट नेटामा कुटाकुट गर्ने २ महिला सल्यान प्रहरीकाे नियन्त्रणमा गएका छन् ।
पुस १७ गते नेटाबजारमा किराना पसल गर्ने डम्बरी बुढाथाेकीलाइ छिमेकी सम्झना बुढाथाेकी, उनका श्रीमान भीम प्रकाश वलि र बहिनी सबिना बुढाथोकीले कुटपिट गरेकाे एक मिनेटकाे उक्त भिडियाे भाइरल बनेकाे हाे । आफु पसलमा बसिरहेकाे बेला तिनजना आएर आफुलाइ कुटपिट गरेकाे डम्बरीकाे भनाइ छ ।

उता सम्झनाले भने पहिला आफुलाइ डम्बरीले कुटपिट गरेकाेले जवाफी कारबाही स्वरुप कुटपिट गरेकाे बताएकी छन् । डम्बरीले आफुलाइ आँसीले टाउँकाेमा गहिराे चाेट पर्नेगरी हानेकाे र त्यसपछि ज्यान बचाउनलाइ आफुले हानेकाे सम्झना बताउँछिन् ।

दुवैले एकअर्कालाइ ज्यान मार्ने उद्याेगमा मुद्दा दिने भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा आएपछि प्रहरीले दुवैलाइ पक्राउ गरेर हिरासतमा राखेकाे छ ।

‘उहाँहरु पहिलेदेखि नै झगडा गर्नुहुँदाे रहेछ । पहिला पनि उहाँहरुकाे मुद्दा छ । एकले अर्कालाइ आराेपमात्रै लगाउनुहुन्छ ।’, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर अर्जुन पाैडेलले भने, ‘त्यहि भएर अहिले दुवैलाइ हिरासतमा राखेर अनुसन्धान गर्दैछाैं ।’

सकभर उनिहरुलाइ मेलमिलाप गर्न सुझाव दिइएकाे उनले बताए । ‘दुवैजना मिलापत्र गरेर समाजमा राम्राे सँग बस्नुहाेस् भन्ने हाम्राे सुझाव छ । यदि उहाँहरु मिल्नुभएन भने दुवैकाे जाहेरीका आधारमा हामी मुद्दा प्रक्रिया अगाडी बढाउँछाैं ‘, उनले भने ।

उनिहरु दुवैजना छिमेकी हुन्रभने दुवैकाे माइत पनि एउटै भाइसन्तानमा पर्छ । बच्चैदेखि सँगै साथ गर्ने उनिहरुकाे गएकाे कार्तिकदेखि झगडा पर्ने गरेकाे स्थानीयहरु बताउँछन् । उनिहरुकाे छगडाकाे जग छाेराछाेरीकाे झगडाबाट सुरु भएकाे बुझिएकाे छ ।याे पनिः सल्यानमा सबैभन्दा भ्रष्ट्राचार र बेथिति माओवादीले नेतृत्व गरेका पालिकामा छः गणेशमान

याे पनिः सल्यानमा ३ जना मिलेर एक महिलामाथी कुटपिट गरेकाे भिडियाे भाइरल, के हाे घटनाकाे वास्तविकता ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]