१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

दाङमा बलेरो जीप र मोटरसाइकल ठोकिदा ३ जना गम्भीर घाइते

Logo
प्रकाशित शनिबार, पुष २४, २०७८

ABC (क्राईमबिट)
दाङ । तुलसीपुरमा मोटरसाइकल र बलेरो जीप एकआपसमा ठोकिदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार साढे २ बजेतिर तुलसीपुर उपमहानगरपालिका ८ भम्केखोलामा पश्चिमबाट तुलसीपुर आउँदै गरेको लु १ च ४९६७ नम्बरको बलेरो र तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा ७ प ३१०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घाइते हुनेहरु गढवा गाउँपालिका ५ घर भैइ हाल एकता पोल्टी बिल्डिङ प्रा.लि.मा काम गर्ने ४१ वर्षिय राम जलन चौधरी, उनका छोरा ९ वर्षिय आर्जित चौधरी, नाति नाता पर्ने राप्ती गाउँपालिका ५ निवासी ३ वर्षिय आरुष चौधरी रहेका छन् । घाइते रामजलनको दाहिने खुट्टा भाचिएको छ । त्यस्तै उनका छोरालाई टाउकोमा चोट लागेको र दाहिने खुट्टा भचिएको छ भने नातिको दाहिने खुट्टा घुडादेखी चुडिएको अस्पतालले जनाएको छ ।

राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि तिनै जनालाई कोहलपुर रिफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ । साथै गाडी चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!