(महेन्द्र सिंह)
बाँके । मान्छे मार्ने बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारी पुगेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिएका छन ।
बाघको आक्रमणबाट बाँकेमा तीन महिना भित्रमा ४ जनाको ज्यान गइसकेको छ । बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारू र बिहीबार राप्ती सोनारी–४ पर्सोनाकी ५३ वर्षीया लीला विष्टको मृत्यु भएको थियो ।
यस अघि पनि राप्ती सोनारी वडा नं.१ गाभर र नरैनापुरमा एक–एक जनाको मृत्यु भएको थियो । बाघले विगत एक हप्तादेखि राप्तीसोनारीको बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको छ । बाघको दिनहुँ आक्रमण भएपछि स्थानिय बसिन्दहरु त्रसित भएका छन ।
बाघ नियन्त्रणका लागि ३ जनाको प्राविधिक टोली रहेको छ । फत्तेपुरको मेमानपुरस्थित सबडिभिजन वन कार्यालयमा शिविर खडा गरेर प्राविधिक टोलीले बाघ नियन्त्रण गर्ने वन कार्यालय प्रमुख कांडेलले बताए ।
प्राविधिक टोलीलाई सहयोगको लागि डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी, सशस्त्र वनरक्षक तथा नेपाली सेनालाइ पनि खटाइएको छ । यता स्थानीयबासीले मान्छे मार्ने बाघ नियन्त्रणका लागि प्राविधिक टोली बाँकेमा आएर के गर्ने बाघले मान्छे मारेको मारी छ। बाँके राष्ट्रिय निकुञ्जको
नाटकीय रुपमा काम थोरै बदनाम धेरै भएको गुनासो छ ।