२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बाँकेमा मान्छे मार्ने बाघ नियन्त्रणमा नआउँदा समस्या निकुञ्जको नाटकै हो गाउँलेहरु

Logo
प्रकाशित बिहिबार, पुष २९, २०७८

(महेन्द्र सिंह)
बाँके । राप्तीसोनारी गाउँपालिकाको राप्तीपारि क्षेत्रमा आतंक मच्चाइरहेको नरभक्षी बाघ अझै नियन्त्रणमा आउन सकेको छैन । बाघ नियन्त्रणका लागि चितवनको सौराहबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले हिजोदेखि जंगलमै बास बसिरहेको छ ।

मानव बस्तीदेखि करिब ५ किलोमिटरभित्र फत्तेपुर जङ्गलमा बाघको ताजा पाइला फेला पारेपछि टोलीले मंगलबार सम्भावित स्थानमा आहारास्वरुप भैंसीको एउटा पाडो लगेर जङ्गलमै छाडिएको भए पनि गएको रातमा सो पाडो बाघले नखाएपछि बुधबार फेरि दुई वटा ठाउँमा दुईवटा पाडो राखेको थियो ।

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत एवम् सूचना अधिकारी गणेश खड्काका अनुसार प्राविधिक टोली राती जङ्गलमै बसे पनि हालसम्म बाघले पाडो नखाएपछि नियन्त्रणमा लिने प्रयास सफल नभएको हो । प्राविधिक टोलीले बाघ रहेको सम्भावित स्थान पत्ता लगाइ नरभक्षी बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको पनि उनले बताए ।

बाघ खोज्न राप्तीसोनारीको जङ्गलमा खटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ प्राविधिक अमिर सडौला र तीर्थ लामाकोे टोलीले मानव बस्तीदेखि करिब ५ किलोमिटरभित्र फत्तेपुर जङ्गलमा बाघको ताजा पाइला फेला पारेपछि टोली सोही क्षेत्रमा केन्द्रित भएर बाघ नियन्त्रणका लागि कार्य गरिरहेको सूचना अधिकारी खड्काले जानकारी दिए ।

खड्काका अनुसार नियन्त्रण टोलीमा डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी, सामुदायिक समूह, प्रहरी, नेपाली सेनालगायत परिचालित छन् । गएराति पनि बाघले पाडो नखाएपछि प्राविधिक टोली थप अध्ययनमा जुटिरहेको पनि सूचना अधिकारी खड्काले जानकारी दिए ।
पाडो खान आउने बाघलाई लठ्याएर नियन्त्रणमा लिने योजना अनुसार प्राविधिक टोलीले बाघ भएको सम्भावित स्थान पत्ता लगाउन थप अध्ययन गरिरहेको सूचना अधिकारी खड्काले बताए । बाघलाई नियन्त्रणमा लिनेबित्तिकै ‘वाइल्ड लाइफ एम्बुलेन्स’मा राखेर ब्यवस्थापन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

त्यसका लागि उक्त एम्बुलेन्सलाई फत्तेपुरमा तयारी अवस्थामा राखिएको उनको भनाइ छ । बाघले दिनदिनै स्थानीय गाउँबासीलाई मार्न थालेपछि राप्तीपारीका स्थानीय बासिन्दा त्रसित छन् । बाघको आक्रमणबाट गत शनिबार राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीबार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लीला बिष्टको मृत्यु भएको थियो । यता बाघ पीडित गाउँले हरुले बाँके राष्ट्रिय निकुञ्जको काम देखाउन लाई नाट्कै गरेको आक्रोशित आरोपित लगाएका छ्न। एक पछी एक बाघले मान्छे मारेको बेला निकुञ्जले मान्छे भन्दा बाघको माया रहेको भन्दै कि बाघलाई पक्राउ गर कि मार भन्दै आक्रोश पोखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!