१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

पत्रकार महासंघद्वारा ग्यास अभावको विषयमा प्रशासनलाई ध्यानाकर्षण कृत्रिम ग्यास अभाव हटाउन विशेष अभियान चलाइने

Logo
ABC-Sanchar प्रकाशित सोमबार, साउन ११, २०८३

घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले बजारमा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानाकर्षण गराएको छ।
पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य सरद अधिकारी सहितको पत्रकारको टोलीले जिल्ला प्रशासन कार्यालय दाङलाई बजारमा देखा परेको कृत्रिम ग्यास अभावलाई तत्काल हटाउन विशेष पहल थाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ l
बजारमा देखापरेको कृत्रिम ग्यास अभावलाई हटाउने विषयमा जिल्ला प्रशासनले विभिन्न कामहरु गरिरहेको सम्बन्धित ग्यास उद्योग अनि विक्रेताहरुलाई ध्यानाकर्षण गराएको, उद्योग वाणिज्य संघ, प्रहरीको युनिटलाई समेत परिचालन गरेको, स्थानीय निकायसँग पनि यस विषयमा छलफल गरिरहेको र अभावलाई हटाउन विशेष रणनीति तयार पार्ने जिल्ला प्रशासनले जनाएको छ। कुनै पनि ठाउँमा ग्यासको कालोबजारी गरेको थाहा पाएमा सूचना दिन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ। सञ्चारकर्मीहरूसँग छलफल गर्दै प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले खाना पकाउने ग्यासलाई सहज बनाउनका लागि आफूहरू दिनरात खटिएको बताउनुभयो l दाङका बजारहरुमा यस विषयमा विशेष अनुगमन र निगरानी गरिरहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानाले बजारमा कृत्रिम अभाव भइरहेको समयमा सबै पक्ष सजग रहनुपर्ने बताउनुभयो । सञ्चारकर्मीहरुले यस विषयमा विशेष निगरानी राख्नुपर्ने उहाँहरुको भनाइ छ । यता नेपाल पत्रकार महासंघ दाङले सम्पूर्ण सञ्चारकर्मीहरूलाई बजारमा खाना पकाउने ग्यासमा देखापरेको कृत्रिम अभावका विषयमा विशेष चासो र निगरानी राख्न अनुरोध गरेको छ। सर्वसाधारणहरू ग्यासको अभावमा समस्यामा परेकाले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चारकर्मीहरूले ग्यासमा देखापरेको कृतिम अभाव र कालोबजारीलाई हटाउन भूमिका खेल्नुपर्ने पत्रकार महासंघको ठहर छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]