ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ को २८ वर्षिय राजेन्द्र गुप्तालाई लेनदेन मुद्दामा पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका गुप्ता दाङ देउखुरी जिल्ला अदालतबाट लेनदेन मुद्दामा २ बर्ष कैद सजाय पाएका थिए । उक्त सजाए पाए पछि उनी हाल सम्म फरार रहँदै आएका थिए।
उनलाई घोराही १५ स्थित तुलसीपुर चोकमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरी दाङ देउखुरी जिल्ला अदालत घोराही दाङमा बुझाईएको एसपी काफ्लेले बताए ।