२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

बालुवा बोकेको ट्याक्टरसहित सालको काठ पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८


(सर्मिला बोगटी)
धनगढी । शुक्रबार अस्थायी प्रहरी पोष्ट श्रीपुरबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–७ गैडास्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्याक्टरबाट सो काठ बरामद गरेको हो ।

गोदावरी नगरपालिका–७ बस्ने २६ वर्षीय हर्क कुमालले चलाएको से १ त ८८६७ नम्बरको ट्याक्टरमा बालुवाभित्र ५५ थान सालको काठ फेला पारी ट्याक्टर र चालकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद काठसहित ट्याक्टरलाई सव डिभिजन वन कार्यालय अत्तरिया पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]