११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

माघे संक्रान्तिमा थारू समुदायमा घर घरमा खुशीयाली नाचगान सुरु

Logo
प्रकाशित शनिबार, माघ ०१, २०७८


(सर्मिला बोगटी)
धनगढी । पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड माघी सुरु भएको छ। माघे संक्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन आज घर घरमा सुँगुर काट्ने चलन छ। जसलाई ‘जिता मरना दिन’ भनिन्छ।

पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी, माछालगायत परिकार बनाएर जाँडरक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ। यतिबेला ‘सखियै हो, माघिक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको छ।

माघीमा गाइने गीतलाई धमार’ भनिन्छ। माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ।कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङमा बसोबास गर्ने थारु समुदायले माघीलाई मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिने गर्दछन्।

माघी पर्व पहिले खासगरी पश्चिम भेगको थारू गाउँघरमा मात्र सीमित थियो। पहिले राजधानीमा बसोबास गर्ने थारूले माघी महोत्सव आयोजना गर्ने गर्दथे।पछिल्लो समयमा थारु बाहुल्य क्षेत्रमा माघी मेला महोत्सवका रूपमा मनाउने गरिँदै आएको छ।

माघी महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकारका साथै सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिँदै आएको थियो।

कोरोना महामारीका कारण उल्लास नभए पनि संस्कृति जगेर्ना तथा निरन्तरता कायम राख्न भीडभाड नगरेर मनाइने थारु कल्याणकारणी सभा कैलालीका उपसभापति माधव थारुले बताए।

माघीको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया मन्दिर, घोडाघोडी नगरपालिकाको कीर्तिपुरमा रहेको बुट्का बाबाको मन्दिर, धनगढी उपमहानगरपालिकामा रहेको बेहेडाबाबा मन्दिर र जाखोर ताल क्षेत्रमा रहेको शिव मन्दिर, कैलारी गाउँपालिकाको बेनौलीमा रहेको अपरम्पार बाबाको मन्दिरमा माघी लहान तथा माघी मेलाको आयोजना हुने गर्दथ्यो। यस वर्ष कोरोना महामारीका कारण माघी लहान तथा माघी मेलाको आयोजना भएको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले बजारमा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य सरद अधिकारी […]

झापा । सामाजिक सञ्जालमा भाइरल गायक अशोक दर्जीलाई एक किशोरले थप्पड हानेको र ‘पैसा चोरी गरेको’ आरोप लगाएको भिडिओ सार्वजनिक भएसँगै उनका शुभचिन्तक चिन्तामा परेका छन् । गायक दर्जीले आफूमाथि अन्याय भएको र योजनाबद्ध रूपमा फसाइएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी, झापामा दिएको लिखित निवेदन पनि सार्वजनिक भएको छ । केही सेकेन्डको भिडियो हिजो राति […]

error: Content is protected !!