२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

माघे संक्रान्तिमा थारू समुदायमा घर घरमा खुशीयाली नाचगान सुरु

Logo
प्रकाशित शनिबार, माघ ०१, २०७८


(सर्मिला बोगटी)
धनगढी । पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड माघी सुरु भएको छ। माघे संक्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन आज घर घरमा सुँगुर काट्ने चलन छ। जसलाई ‘जिता मरना दिन’ भनिन्छ।

पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी, माछालगायत परिकार बनाएर जाँडरक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ। यतिबेला ‘सखियै हो, माघिक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको छ।

माघीमा गाइने गीतलाई धमार’ भनिन्छ। माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ।कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङमा बसोबास गर्ने थारु समुदायले माघीलाई मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिने गर्दछन्।

माघी पर्व पहिले खासगरी पश्चिम भेगको थारू गाउँघरमा मात्र सीमित थियो। पहिले राजधानीमा बसोबास गर्ने थारूले माघी महोत्सव आयोजना गर्ने गर्दथे।पछिल्लो समयमा थारु बाहुल्य क्षेत्रमा माघी मेला महोत्सवका रूपमा मनाउने गरिँदै आएको छ।

माघी महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकारका साथै सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिँदै आएको थियो।

कोरोना महामारीका कारण उल्लास नभए पनि संस्कृति जगेर्ना तथा निरन्तरता कायम राख्न भीडभाड नगरेर मनाइने थारु कल्याणकारणी सभा कैलालीका उपसभापति माधव थारुले बताए।

माघीको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया मन्दिर, घोडाघोडी नगरपालिकाको कीर्तिपुरमा रहेको बुट्का बाबाको मन्दिर, धनगढी उपमहानगरपालिकामा रहेको बेहेडाबाबा मन्दिर र जाखोर ताल क्षेत्रमा रहेको शिव मन्दिर, कैलारी गाउँपालिकाको बेनौलीमा रहेको अपरम्पार बाबाको मन्दिरमा माघी लहान तथा माघी मेलाको आयोजना हुने गर्दथ्यो। यस वर्ष कोरोना महामारीका कारण माघी लहान तथा माघी मेलाको आयोजना भएको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!