११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

नेपाल प्रहरी भित्र काखा र पाखा बढुवा भएको १ महिनामै जोशी जिल्ला इन्चार्ज

Logo
प्रकाशित शनिबार, माघ ०१, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका कतिपय सिनियर एसपीहरुले इन्चार्ज पाएका छैनन् । तर, केहीलाई भने बढुवा भएको एक महिनामै जिल्ला इन्चार्जमा पठाइएको छ।

ती भाग्यमानी एसपी हुन् चक्रराज जोशी । गत महिना बढुवा भएका उनले सुरुमा त्रिपुरेश्वरस्थित उपत्यका सुरक्षा बिशेष गणको इन्चार्ज पाए । हालको सरुवामा उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुखमा रुपमा पठाइएको छ । कैलाली घर भएका जोशीले बालुवाटारको आशिवार्दका आधारमा यसरी बढुवा लगत्तै दोहोरो इन्चार्ज पाएका हुन् । उनी कमजोर कार्यक्षमता भएका अधिकृत मानिन्छन् ।
हालैको एसपी सरुवामा बदनाम र राजनीतिक चलखेलका आधारमा मात्र सरुवा भएको छ । डिएसपी सरुवा पनि त्यस्तै चलखेल हुँदा आइजिपी शैलेश थापा क्षेत्रीले निर्णय गर्न नसकेको स्रोत बताउँछ । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण  र सहयोग गर्न  त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताए । बिहीबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजी पौडेलले भने, ‘सीमानामा बोर्डर इन्टर्याक्सन टिम गठन गरिँदै छ ।’ नेपाल […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार,उत्सव कुञ्ज पार्टी प्यालेस, बसुन्धारा काठमाडौं महानगरपालिका वडा नं. ३, प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज चक्रपथ युवा क्लब महाराजगञ्ज युवालाई लागुऔषधको दुष्प्रभावबारे जानकारी […]

दाङ । सामाजिक अभियान्ता संदेश भण्डारी क्षेत्रीको नेतृत्वमा देउखुरीवासीको समस्या लिएर ध्यानाकर्षण पत्र बुझाउन यो मस्यौदा प्रयोग गर्न औपचारिक र प्रभावकारी बनाएको छ । देउखुरी क्षेत्रमा देखिएको विद्युत आपूर्ति सम्बन्धी समस्याप्रति ध्यानाकर्षण गराउँदै तत्काल समाधान गरिदिन अनुरोध गर्दै । श्रीमान् प्रमुख ज्यू, नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, दाङ हामी देउखुरी क्षेत्रका नागरिकहरू सामाजिक अभियान्ता […]

error: Content is protected !!