१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा समर्पित रहन आइजिपी खनालको निर्देशन

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुखको जिम्मेवारी पाई कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई शुक्रबार समसामयिक निर्देशन दिए।

त्यसअवसरमा उनले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध रहँदै राज्यले सुम्पिएको जिम्मेवारीका क्षेत्रहरु लगायत कोभिड–१९ महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहि आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई निर्देशन दिए।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले फिल्ड लेवलका कमाण्डरहरुको व्यावसायिक र उत्कृष्ट कार्यसम्पादन तथा नेतृत्वबाट संगठनिक विकासमा योगदान पुग्नुकोसाथै फौजी संस्कार निर्माण तथा उच्चस्तरको सेवा प्रवाहमा समेत सघाउ पुग्ने बताए।

उनले कमाण्डर तहका अधिकृतहरु निरन्तर अध्ययन, सुरक्षा चुनौतीहरुको विश्लेषण गर्दै भावी योजना बनाई सामुहिक भावनाकासाथ फौजी अनुशासन र चेन
अफ कमाण्डमा रहेर आफु मातहतका कर्मचारीहरुलाई समेत प्रशिक्षण गर्नुकासाथै उनीहरुलाई उत्प्रेरित तथा परिचालन गर्र्दै राज्य प्रदत्त जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्नेतर्फ कटिवद्व रहने विश्वास व्यक्त गरे।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् पीडित नागरिकहरुको उद्वार, चोरीपैठारी निकासी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रहरुमा सकृयताकासाथ खटिई राजस्व बृद्धिमा योगदान पु¥याउँदै काउन्टर पार्टस् तथा राज्यका विभिन्न संवद्ध निकायहरुसँग समेत समन्वय र सहकार्य गर्दै अगाडी बढ्न राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए।

सो समारोहमा कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसी र मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

error: Content is protected !!