१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

१ हप्ता-भित्र स्थानीय तहको चुनावको मिति घोषणा हुन्छः स्वास्थ्यमन्त्री खतिवडा

Logo
प्रकाशित सोमबार, माघ ०३, २०७८


(ABC-Sanchar)
काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषण हुने बताएका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने बताएका हुन् ।
समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने,‘पाँच दलीय गठबन्धन चुनावबाट भागेको छैन । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको चुनावको मिति टुंग्याउछौँ ।’

 

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो । अर्को प्रशंगमा मन्त्री खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई सावधान भएको बताए । उनले वर्तमान पदाधिकारीलाई काम गर्न रोक लगाइएको र सरकारले पाँच सदस्यीय टोली गठन गरेर धरान पठाएको जानकारी दिए ।

शुक्रबार नेतृत्वमा काम गर्नका लागि टोली पठाइएको उनको भनाइ छ । टोलीले काम थालेपछि वर्तमान पदाधिकारीले छानबिन नसकिएसम्म काम गर्न नपाउने भनाइ थियो ।
मन्त्री खतिवडाले कोरोनाको महामारीको एक मात्र विकल्प खोप भएकाले खोप अभियानमा सक्रिय सहभागिताको लागि सर्वसाधारणलाई आग्रह गरेका छन् । सरकारले खोप कार्यक्रमलाई अभियानका रुपमा अघि सारेको भन्दै मन्त्री खतिवडाले सरकारी अस्पताल र विभिन्न स्वास्थ्य संस्थामा विषेश डेस्क सञ्चालन गरि नियमित खोप सञ्चालन गरिएको बताए।
आगामी चैत महिनाभित्र १८ वर्ष माथिका लक्षित समुहका नागरिकलाई पूर्ण मात्राको खोप लगाइसक्ने सरकारको योजना रहेको भन्दै मन्त्री खतिवडाले भने,‘सरकारको लक्ष्य अनुपातमा नागरिकको सहभागिता न्यून देखिएको छ। लक्ष्य प्राप्तिका लागि सरकारले सबै प्रदेशमा एकसाथ खोप कार्यक्रमलाई अभियानको शुरु गरेको छ।’ सरकारको यो अभियानमा नागरिक तहबाट सहयोगको अपेक्षा सरकारले राखेको उनले बताए ।

मन्त्री खतिवडाले १८ बर्ष माथिका लक्षित समुहका ६० प्रतिशतले मात्र पुर्ण डोजको खोप लगाएको र ८० प्रतिशतले पहिलो डोज लगाएको बताए । माघ २ गतेबाट साढे ९ लाख फ्रन्टलाइनरमा खटिएका नागरिकलाई बुष्टर डोज दिने कार्य भने शुरु गरिएको उनले बताए ।

मन्त्री खतिवडाले कोभिड विरुद्धको खोपको पर्याप्त मौज्दात रहेको र ११ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउने तयारीमा सरकार रहेको प्रष्ट पारे । विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएपछि बालबालिकालाई पनि खोप लगाउनेगरी सरकारले खोप उत्पादक कम्पनीसँग सहमति गरिसकेको मन्त्री खतिवडाले बताए । बालबालिकालाई खोप लगाउने सिरिन्ज अन्तराष्ट्रिय बजारमा समेत अभाव भएकाले त्यसको आवश्यक जोहोमा सरकार जुटेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

error: Content is protected !!