२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

एआइजीको दरबन्दी थप्न प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री र आइजिपी बालुवाटारमा

Logo
प्रकाशित सोमबार, माघ ०३, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण बालुवाटार पुगेका छन् । नियमितरुपमा सोमबार बस्ने मन्त्रीपरिषद्को बैठकमा सहभागी हुनका लागि गृहमन्त्री खाँण बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

गृहमन्त्री खाँणसँगै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पनि बालुवाटार पुगेका छन् । उनीहरु दुवैजना बालुवाटार गएबाट मन्त्रीपरिषद् बैठक अघि संयुक्त रुपमा प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनायो ।

गृहमन्त्री र आईजीले एकैपटक प्रधानमन्त्रीलाई भेट्नुले आज बस्ने मन्त्रीपरिषद् बैठकबाट अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को दरबन्दी थप बारे केही निर्णय आउने अपेक्षा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले तीन जना एआईजी थप गर्ने विषयमा गृहमन्त्रालयमा पत्र पठाइसकेको छ भने गृह र अर्थ मन्त्रालय त्यसका बारेमा सकारात्मक रहेको स्रोतको दाबी छ । अन्य कुरा सामान्य रहेमा आज बस्ने मन्त्रीपरिषद् बैठकबाट ३ जना एआईजीको दरबन्दी थपिने स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!