२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

महोत्तरीबाट स्रोत नखुलेको ३० लाख सहित १ जना पक्राउ

Logo
प्रकाशित सोमबार, माघ ०३, २०७८

ABC (क्राईमबिट)
महोत्तरी । स्रोत नखुलेको ३० लाख रकमसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मटिहानी नगरपालिका बर्दाहा बस्ने २३ वर्षीय मोहमद सहाउदिन रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ज ६ प ६९४४ नम्बरको डिस्कभर मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सहाउदिनले पिठ्युँमा बोकेको कालो झोलाबाट २८ लाख र उनको साथबाट २ लाख गरी ३० लाख रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
मटिहानी-८ स्थित प्रहरी चौकीबाट नियमित चेकजाँच गर्ने चेकप्वइन्टबाटै मोटरसाइकलसहित सहाउदिनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सहाउदिनको साथबाट प्रहरीले आइफोन-१२ प्रो म्याक्स एक थान पनि बरामद गरेको र उनलाई आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको विष्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!