१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

महोत्तरीबाट स्रोत नखुलेको ३० लाख सहित १ जना पक्राउ

Logo
प्रकाशित सोमबार, माघ ०३, २०७८

ABC (क्राईमबिट)
महोत्तरी । स्रोत नखुलेको ३० लाख रकमसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मटिहानी नगरपालिका बर्दाहा बस्ने २३ वर्षीय मोहमद सहाउदिन रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ज ६ प ६९४४ नम्बरको डिस्कभर मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सहाउदिनले पिठ्युँमा बोकेको कालो झोलाबाट २८ लाख र उनको साथबाट २ लाख गरी ३० लाख रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
मटिहानी-८ स्थित प्रहरी चौकीबाट नियमित चेकजाँच गर्ने चेकप्वइन्टबाटै मोटरसाइकलसहित सहाउदिनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सहाउदिनको साथबाट प्रहरीले आइफोन-१२ प्रो म्याक्स एक थान पनि बरामद गरेको र उनलाई आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको विष्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

error: Content is protected !!