१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

नेपाली काङ्ग्रेसद्वारा बिरगंज राजधानी नबनाएको भन्दै बिरोध प्रदर्शन

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

(राहुल गुप्ता)
बिरगंज । नेपाली काङ्ग्रेस महानगर समिती बिरगंजले प्रदेश २ को राजधानी बिरगंज नबनाएकोमा बिरगंजमा व्यापक बिरोध प्रदर्सन गरेको छ । नेपाली काङ्ग्रेस महानगर समिती बिरगंजका अध्यक्ष भोला कलवारको अध्यक्षतामा आज घण्टाघरबाट मोटरसाइकल रैलि निकालेर बिरोध प्रदर्शन गरेको छ ।
सो बिरोध रैली बिरगंज नगरको घण्टाघरबाट शुरु भै मेनरोड हुँदै मुर्ली , घण्टाघर , माइस्थान , अलखियारोड , बिर्ता मन्दिर, छपकैया, रजत जयन्ती चोक परिक्रमा पश्चात् मेनरोड हुँदै आदर्शनगरमा आइ समापन भएको थियो । सो बिरोध रैलिका सहभागीहरुले बिरगंजलाई ठग्न पाउदैन , बिरगंजलाई राजधानी बनाउनै पर्छ, बिरगंजको सहादत बलिदानलाई याद गर ,गद्दार मुख्यमन्त्री मुर्दाबाद , दलाल बिधायकहरु होशियार होशियार लगायतका नाराहरु पनि लगाएका थिए ।

सो अवसरमा नेका महानगरका अध्यक्ष भोला कलवारले सर्वगुण सम्पन्न बिरगंजलाई प्रदेश २ को राजधानी नबनाइ नराम्रो सङ्ग ठगिएको बताउदै बिरगंजले बिगतका आन्दोलनहरुमा गरेको अतुल्य अमुल्य योगदान सहादत एवम बलिदानीको कदर नगर्नु बिरगंज मात्रको नभइ प्रदेश र प्रदेश वासिको अपमान भएको र यो प्रदेश सरकारलाइ निकै भारि पर्ने बताउनु भयो साथै हाम्रो आन्दोलन जारी छ र अब सम्पुर्ण दलहरु सङ्ग छलफल गरि व्यापक आन्दोलनको स्वरुप ल्याउने चेतावनी पनि दिनु भएको थियो । सो कार्यक्रमको सहजीकरण दिलिप कार्कीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!