
(राहुल गुप्ता)
बिरगंज । नेपाली काङ्ग्रेस महानगर समिती बिरगंजले प्रदेश २ को राजधानी बिरगंज नबनाएकोमा बिरगंजमा व्यापक बिरोध प्रदर्सन गरेको छ ।
नेपाली काङ्ग्रेस महानगर समिती बिरगंजका अध्यक्ष भोला कलवारको अध्यक्षतामा आज घण्टाघरबाट मोटरसाइकल रैलि निकालेर बिरोध प्रदर्शन गरेको छ । 
सो बिरोध रैली बिरगंज नगरको घण्टाघरबाट शुरु भै मेनरोड हुँदै मुर्ली , घण्टाघर , माइस्थान , अलखियारोड , बिर्ता मन्दिर, छपकैया, रजत जयन्ती चोक परिक्रमा पश्चात् मेनरोड हुँदै आदर्शनगरमा आइ समापन भएको थियो । सो बिरोध रैलिका सहभागीहरुले बिरगंजलाई ठग्न पाउदैन ,
बिरगंजलाई राजधानी बनाउनै पर्छ, बिरगंजको सहादत बलिदानलाई याद गर ,गद्दार मुख्यमन्त्री मुर्दाबाद , दलाल बिधायकहरु होशियार होशियार लगायतका नाराहरु पनि लगाएका थिए ।
सो अवसरमा नेका महानगरका अध्यक्ष भोला कलवारले सर्वगुण सम्पन्न बिरगंजलाई प्रदेश २ को राजधानी नबनाइ नराम्रो सङ्ग ठगिएको बताउदै बिरगंजले बिगतका आन्दोलनहरुमा गरेको अतुल्य अमुल्य योगदान सहादत एवम बलिदानीको कदर नगर्नु बिरगंज मात्रको नभइ प्रदेश र प्रदेश वासिको अपमान भएको र यो प्रदेश सरकारलाइ निकै भारि पर्ने बताउनु भयो साथै हाम्रो आन्दोलन जारी छ र अब सम्पुर्ण दलहरु सङ्ग छलफल गरि व्यापक आन्दोल
नको स्वरुप ल्याउने चेतावनी पनि दिनु भएको थियो । सो कार्यक्रमको सहजीकरण दिलिप कार्कीले गरेका थिए । 