१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना सप्तरी प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, माघ ०७, २०७८

ABC (क्राईमबिट)
सप्तरी । पक्राउ पर्नेमा नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय राजेश कुमार चौधरी र शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का २४ वर्षीय दिलिप कुमार मण्डल रहेका छन् ।

उनीहरुको साथबाट स्रोत खुल्न नसकेको ९ लाख ९० हजार रुपैयाँ बरामद गरीएक जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जनाएका छन् ।

प्रहरीले राजविराज नगरपालिका वडा नम्बर ५ मा चौधरी र मण्डल सवार प्रदेश नं. २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल चेकजाँच उनीहरुसँग उक्त रकम बरामद गरिएको प्रहरी प्रवक्तासमेत रहेका काफ्लेले बताए ।

रकम र मोटरसाइकलसहित दुवैजनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको काफ्लेको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम […]

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

error: Content is protected !!