१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

शसस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध सहित १ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ ०७, २०७८

ABC (क्राईमबिट)
बिरगंज । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ पशुपतिनगरका २१ वर्षीय कृशिस गुरुङ्ग रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका अनुसार बिहिबार अपरान्ह करिब साढे ३ बजे बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसर्वा चोकमा बि.ओ.पी. बरैनिया र प्रहरी चौकी बलिरामपुरबाट खटेको प्रहरी टोलीले भारतबाट आउदै गरेको बा ७३ प ८५९५ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा विन सिरेक्सा/डाइलेक्स डिसी २ झोलाका साथ् गुरुङ्ग पक्राउ परेका थिए ।

पक्राउ परेका गुरुङ्ग र लागुऔषध तथा मोटरसाइकल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्मस्ता बाहिनी मुख्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम […]

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

error: Content is protected !!