२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

राष्ट्रिय सभाको निर्वाचन लगत्तै प्रहरीमा व्यापक हेरफेर गर्ने गृहमन्त्रालयको तयारी

Logo
प्रकाशित शनिबार, माघ ०८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लामा एसपी र डिएसपी हेरफेर गर्न लागिएको हो । दुई साताअघि विभिन्न जिल्लाका एसपीको सरुवा भएपनि थप जिल्लामा सरुवा गर्न लागिएको छ । चितवन, महोत्तरी लगायत जिल्लाका एसपीको एक वर्षको कार्यकाल पुगिसकेको छ । चितवनका एसपी ओम अधिकारीको एक वर्ष पुगेको हो । चितवन सरुवा हुन एक दर्जन एसपी लागेका छन् । जसमा नवराज अधिकारी, कृष्ण पंगेनी, अजय केसी लगायत छन् । चितवन पूर्व प्रधानमन्त्री प्रचण्डको गृहजिल्ला भएको र अब जाने एसपी चुनाव गर्ने भएकाले प्रचण्डकै सहमतिमा मात्र चितवनमा एसपी सरुवा गर्ने गृह मन्त्रालयको तयारी छ । बिना मगरसँगको निकटताको आधारमा उनले चितवन सरुवा हुन लबिइङ गरेका हुन् । त्यस्तै, रुपन्देहीका एसपी मनोज केसीलाई पनि अवधि नपुगी हटाउने सम्भावना देखिएको छ । गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला भएकाले कांग्रेसको यसम्यान एसपी लैजान लागिएको छ । आफु अनुकुलको एसपी लगेर जिल्लामा तस्करीको लाइन खोल्ने तथा अन्य अवैध गतिविधिमा सेटिङ मिलाउने गिरोह सक्रिय छ ।
त्यस्तै, एक दर्जन पहाडी जिल्लाका डिएसपी पनि फेरिने भएका छन् । रसुवा, दोलखा, रामेछाप लगायत जिल्लाका डिएसपी फेरिदै छन् । अब जिल्लामा जाने एसपी र डिएसपीले चुनाव गराउने भएकाले सत्तारुढ दलका नेताका निकटस्थले मात्र जिल्लामा अवसर पाउने अवस्था देखिएको छ । जसकारण आगामी चुनावमा प्रहरी शक्तिको दुरुपयोग हुने जोखिम छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरुवामा अडान लिन नसक्दा यस्तो अवस्था आएको हो । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]