२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

राष्ट्रिय सभाको निर्वाचन लगत्तै प्रहरीमा व्यापक हेरफेर गर्ने गृहमन्त्रालयको तयारी

Logo
प्रकाशित शनिबार, माघ ०८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लामा एसपी र डिएसपी हेरफेर गर्न लागिएको हो । दुई साताअघि विभिन्न जिल्लाका एसपीको सरुवा भएपनि थप जिल्लामा सरुवा गर्न लागिएको छ । चितवन, महोत्तरी लगायत जिल्लाका एसपीको एक वर्षको कार्यकाल पुगिसकेको छ । चितवनका एसपी ओम अधिकारीको एक वर्ष पुगेको हो । चितवन सरुवा हुन एक दर्जन एसपी लागेका छन् । जसमा नवराज अधिकारी, कृष्ण पंगेनी, अजय केसी लगायत छन् । चितवन पूर्व प्रधानमन्त्री प्रचण्डको गृहजिल्ला भएको र अब जाने एसपी चुनाव गर्ने भएकाले प्रचण्डकै सहमतिमा मात्र चितवनमा एसपी सरुवा गर्ने गृह मन्त्रालयको तयारी छ । बिना मगरसँगको निकटताको आधारमा उनले चितवन सरुवा हुन लबिइङ गरेका हुन् । त्यस्तै, रुपन्देहीका एसपी मनोज केसीलाई पनि अवधि नपुगी हटाउने सम्भावना देखिएको छ । गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला भएकाले कांग्रेसको यसम्यान एसपी लैजान लागिएको छ । आफु अनुकुलको एसपी लगेर जिल्लामा तस्करीको लाइन खोल्ने तथा अन्य अवैध गतिविधिमा सेटिङ मिलाउने गिरोह सक्रिय छ ।
त्यस्तै, एक दर्जन पहाडी जिल्लाका डिएसपी पनि फेरिने भएका छन् । रसुवा, दोलखा, रामेछाप लगायत जिल्लाका डिएसपी फेरिदै छन् । अब जिल्लामा जाने एसपी र डिएसपीले चुनाव गराउने भएकाले सत्तारुढ दलका नेताका निकटस्थले मात्र जिल्लामा अवसर पाउने अवस्था देखिएको छ । जसकारण आगामी चुनावमा प्रहरी शक्तिको दुरुपयोग हुने जोखिम छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरुवामा अडान लिन नसक्दा यस्तो अवस्था आएको हो । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]