०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

राप्रपालाई राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्वाचन आयोगको निर्देशन

Logo
प्रकाशित शनिबार, माघ ०८, २०७८

(ABC-Sanchar)
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएको छ। माघ २ गते राप्रपालाई आयोगले निर्देशनात्मक पत्र पठाएर विधानबाट सात दिन भित्र सनातन हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन आग्रह गरेको छ ।
यसअघि राप्रपाले पुस १० गते आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको थियो।

सनातन हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको मान्यता स्थापित गर्न र कायम गर्ने भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवमं भावनाको प्रतिकूल देखिएकाले भन्दै आयोगले ती वाक्यांश हटाउन आग्रह गरेको हो ।
राप्रपाको विधानको प्रस्तावनाको ४ मा ती वाक्यांश उल्लेख गरिएका छन् ।

त्यस्तै, राप्रपाको झन्डाको मध्य भागमा रहेको गाई चिन्ह पनि हटाउन आयोगले निर्देशन दिएको छ। राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनस्स्थापनाको एजेन्डा बोकेको पार्टी हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मलाई अत्यधिक मतका साथ सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण उद्योगी-व्यवसायी,पत्रकार मतदाता, सहयोगी, साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईंहरूले दिनुभएको अमूल्य समय, साथ र विश्वासले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपेको छ। यो विजय मेरो मात्र नभई नेपालगञ्जका सम्पूर्ण व्यवसायीको जित हो। […]

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]