१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

नेपाल प्रहरीमा थपिँदै ३ एआईजी दरबन्दी स्वीकृतसँगै बिहीबार मन्त्रिपरिषदमा पेस हुँदै

Logo
प्रकाशित मंगलबार, माघ ११, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तीन वटा दरबन्दी थप हुने भएको छ । गृह मन्त्रालयले एआईजी(विशिष्ट श्रेणी)को तीन वटा दरबन्दी थपका लागि सङ्गठन संरचना तथा व्यवस्थापन सर्भे(ओएण्डएम) तयार गरेसँगै सो दरबन्दी थपिन लागेको हो ।

‘ओएण्डएम तयार भएको छ’, गृहका एक उच्च अधिकारीले भने, ‘सम्भवतः बिहीबारको क्याबिनेटमा पेस भएसँगै सोही दिन निर्णय हुन्छ होला’

एआईजीको दरबन्दी थप भएको अवस्थामा घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरज प्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तम राज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिस्पर्धी रहे पनि विशेष लबिङ गर्नेहरूमा भने डिआइजी वसन्तकुमार पन्त, रवीन्द्रबहादुर धानुक, ईश्वरबाबु कार्की, धिरज प्रताप सिंह, उत्तम राज सुवेदी लगायत रहेको गृह स्रोत बताउँछ ।

प्रहरीमा विगतका दिनहरूमा पनि मन लागेको मान्छेलाई ल्याउन थप्ने र हटाउन दरबन्दी घटाउने खेल भइरहन्छन्, जुन सङ्गठनका लागि राम्रो मान्न सकिँदैन । पहुँचका आधारमा हटाउने र उकाल्ने खेलले प्रहरी जस्तो अनुशासित सङ्गठनमा भद्रगोलता निम्तने मात्र होइन, अस्वस्थ प्रतिस्पर्धा हुन गई चेनअफ कमान्डमा समेत गम्भीर असर पर्न जानेतर्फ सरकारले सोच्न जरुरी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

error: Content is protected !!