२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

घोराही बनाऔं अभियानको सक्रियतासँगै अल्पत्र बाल अस्पताल सञ्चालनमा पालिका देखि केन्द्रीय सरकारसम्मको चासो,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, चैत्र १८, २०८२

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ ।
२०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही समयमा नै बन्द भएको थियो ।

त्यसपछि वर्र्षावर्षसम्म अस्पताल सूचारु नभएपछि हाल खण्डहर जस्तै देखिन थालेको बाल अस्पताल सूचारु गर्नुपर्ने माग सहित घोराही बनाऔं अभियानले जिल्ला प्रशासन कार्यालय दाङमा गत फागुण २९ गते ज्ञापन पत्र बुझाएको थियो । घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा प्रशासनमा ज्ञापनपत्र बुझाइएको थियो ।
यस विषय स्थानीय सरकारकारुपमा रहेको घोराही उपमहानगरपालिकालाई पनि अभियानले यस विषयमा जानकारी गराएको थियो । घोराही बनाऔं अभियानले उठाएको कुरा अति नै उपयुक्त भएको भन्दै घोराही उपमहानगरपालिकाले बाल अस्पताल सञ्चालन के कति कारणले भएको छैन भनेर सम्बन्धित वडा नम्वर १६ को कार्यालय र उमशंकर बाल अस्पतालसँग औपचारिक पत्र मार्फत यस विषयमा सोधखोज गरेको छ ।  सम्बन्धित निकायहरुको जवाफ आएपछि यस विषयमा के गर्न सकिन्छ भनेर विशेष योजना बनाउने तयारी घोराही उपमहानगरको छ । सञ्चार माध्यममा बाल अस्पतालको विषयमा कुरा उठेपछि उपमहानगरले सम्बन्धित वडा कार्यालय र अस्पताल सञ्चालक समितिलाई पत्र काटेको हो ।
उपमहानगरका उपप्रमुख हुमा डिसीले बाल अस्पताल सबैको साझा सम्पत्ती भएकाले यसलाई सबैको पहलमा सूचारु गर्नुपर्ने बताउँदै घोराही बनाऔं अभियानले अल्पत्र अस्पताल सूचारु गर्ने विषयमा अगाडी बढाएको कदम राम्रो भएको बताउनुभयो । उहाँले घोराही उपमहानगरको बृहत्तर विकास गर्ने उद्देश्यले आफुहरु अगाडी बढेको बताउँदे घोराहीलाई अझैं राम्रो बनाउन नागरिस्तरबाट अगाडी बढेको घोराही बनाऔं अभियानजस्तै सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।
यता यस विषयमा घोराही बनाऔं अभियानको तर्फबाट जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाइएको र हेलो सरकारले समेत चासो व्यक्त गरेका कारण प्रशासनले पनि आफ्नो तर्फबाट बाल अस्पताल सूचारु गर्ने विषयमा कदम अगाडी बढाउने जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्मुख जिल्ला अधिकारी सवत्रा रानाले बताउनुभयो । यता यस विषयमा कुरा गर्दा अस्पताल सञ्चालक समितिका संयोजक प्रदीप योगीले यस क्षेत्रमै बाल विशेषज्ञ सेवा दिने उद्देश्यले अस्पताल सुरु गरिएपनि विभिन्न समस्याले सेवालाई अगाडी बढाउन नसकिएको बताउनुभयो । घोराही बनाऔं अभियानसँग कसरी अस्पताल सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको र घोराही उपमहानगरपालिकाले पनि चासो दिएकाले आफुहरु पनि यस विषयमा गम्भिरताका साथ अगाडी बढ्ने योगीको भनाइँ छ । घोराही–१६ स्थिल बाल अस्पालको सेवा सुरु गर्नुपर्छ भनेर निरन्तर आवाज उठाइ रहेको घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले अल्पत्र बाल अस्पताल सूचारु गर्ने विषयमा सरोकारवाला राज्यका सबै निकाय अनि सम्बन्धित अस्पताल व्यवस्थापन टिमले पनि गाम्भीयर्ता देखाउनु राम्रो पक्ष भएको बताउनुभयो । घोराही उपमहानगरपालिका, जिल्ला प्रशासन, सम्बन्धित वडा कार्यालय, स्थानीय टोल विकास संस्थाहरुले सर्वपक्षीय छलफल गरी नयाँ योजना र कार्यक्रमसहित बाल अस्पताललाई सूचारु गर्नुपर्ने बताउँदै प्रियासनले यस विषयमा घोराही बनाऔं अभियानले छिटै नै सर्वपक्षीय छलफलको आयोजना गर्ने बताउनुभयो ।
यता अल्पत्र बाल अस्पताल सूचारु गर्ने विषयमा घोराही बनाऔं अभियानले सक्रियता बढाएको र सञ्चार माध्यममा समाचारहरु व्यापक आएपछि स्थानीयबासीहरुमा बाल अस्पताल छिटै सुरु हुने विश्वास पलाएको छ ।  भारतीय दुताबास, प्रदीप योगीको परिवार,विभिन्न दात्ता व्यक्ति र राज्यको आर्थिक सहयोगमा बाल अस्पालको भवन निर्माण भएको हो ।
स्थानीयबासीहरु छिटो भन्दा छिटो कुरुप हुँदै गएको बाल अस्पताल सुरु हुनुपर्छ भन्नेमा छन् । यस विषयमा स्थानीय बुद्धिजीवी एवं मानव अधिकारकर्मी बिनोद केसी छिटो भन्दा छिटो बाल अस्पतालको व्यवस्थापन समिति नयाँ गठन गरेर यसलाई सूचारु गर्ने प्रक्रिया अगाडी बढाउनुपर्ने बताउनुहुन्छ । पछिल्लो समय अस्पतालको झ्याल ढोकाको सिसा फुट्नुका साथै, भित्ताहरु समेत जीर्ण हुन थालेका छन् । अस्पतालको प्रांगण झारजंगलले ढाकिन थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]