२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरी बाँकेको कमान्ड एसपी बस्नेतले सम्हाले तस्करी नियन्त्रण गर्न निर्देशन

Logo
प्रकाशित मंगलबार, माघ ११, २०७८

(महेन्द्र सिंह)
बाँके । सशस्त्र प्रहरी गण ३० नम्बर बाँकेको कमान्ड सम्हालेको केहिदिनमै सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जनक बस्नेतले तस्करीविरुद्ध खरो रुपमा उत्रिएका छन् । माघ ३ गते सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको कमान्ड सम्हालेको भोलिपल्ट देखिनै एसपी बस्नेतले सिमा तिर कडा निगरानी बढाउदै बाँकेभरका सबै बिओपीहरुमा निरीक्षण गर्दै सिमा नाकामा हुने अवैध गतिविधि विरुद्ध सशक्त रुपमा उत्रन निर्देशन दिएका छन् । साथै एसपी बस्नेतले बिओपी इन्चार्जहरु लाइ तस्करी विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न।

सदाझै तस्करी नियन्त्रण तथा सिमा नाकामा हुने अवैध गतिविधिविरुद्ध उत्रेका बाँकेका बिओपी कटकुइया ,नरैनापुर ,गङगापुर, खडैचा, कालाबन्जार ,जमुनाह, जयसपुर र बढैया बिओपीहरु सशस्त्र प्रहरी बाँकेका कमान्डर बस्नेतको निर्देशन अनुसार धमाधम तस्करीविरुद्ध उत्रदै अवैध सामाग्री बरामद गरेका छन् ।

एसपी बस्नेतको तस्करी नियन्त्रण गर्न दिइएको कडा निर्देशन पश्चात् आज बिहान मात्रै सशस्त्र प्रहरीले ठुलो परिमाणमा भन्सार छली गरि ल्याइएका लाखौं रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको छ। मंगलबार बिहान ४ बजे नेपालगन्ज १७ परसपुरबाट सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक मन्दिर मगरको कमान्डमा गएको टोलीले २ लाख बढी रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ भने जयसपुर बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक हरिजित महतको कमान्डको टोलीले नेपालगन्ज १६ जयसपुरबाट ८६ हजार रुपैयाँ बराबरका थानको कपडा, ४७ पिस कुर्ता बरामद गरेको एसपी बस्नेतले जानकारी दिएका छन् ।

बरामद गरिएका अवैध सामग्रीहरुमा ४ क्विन्टल चिनी , १५ क्विन्टल हरिया केराउ, लत्ताकपडा,सुर्तीजन्य पदार्थ लगायत किराना बस्तुहरुलाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको एसपी बस्नेतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!