१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

ठुलो दुर्घटनाबाट जोगियो सगरमाथा सिमेन्ट गुणस्तरहिन ढलान गरेको पिलर धमाधम भत्किदै

Logo
प्रकाशित बुधबार, माघ १२, २०७८

(ABC-Sanchar)
दाङ । नेपालमा उत्पादन तथा वितरण भइरहेका सिमेन्टहरुका गुणस्तरका बारेमा बेलाबेलामा बहस र विवादहरु आउने गर्दछन् । कहिले कतै पुलहरु भाँचिएका र भत्किएका समाचारहरु आउँछन् भने कहिले घरका ढलान नै खसेर मानवीय तथा भौतिक क्षति भएका समचारहरु आउँछन् ।

यसैबीच दाङमा उत्पादन तथा वितरण भइरहेको सगरमाथा सिमेन्टको पनि यस्तै समस्याहरु सतहमा आएका छन् । घोराहीमा निर्माण गर्न लागिएको एउटा पक्की भवन ढलान गर्नका लागि उठाइएको पिलर भत्किएपछि यस्तो समस्या उजागर भएको हो ।

पिलर उठाएर प्लास्टर गरेको ६ दिनसम्म पनि सरियामा मसला सेट नभएपछि घोराही–१४ का कृष्णकुमार बुढाले ती पलर भत्काउन खोज्दा सानो धक्काले पनि मसला सजिलै खसेपछि उहाँलाई शंका लाग्यो । अनि मिस्त्रीले कत्तिको सेट भएको छ भनेर जाँच गर्दापनि मसला सजिलै खस्न थाल्यो । बुढाले सोमबारदेखि मंगलबार विहानसम्म पिलर भत्काउन कामदार लगाउनु भएको थियो ।

केहि पिलर ढलान खोल्दाखोल्दै भत्किएको घरधनी बुढाको भनाइ छ । अरु पिलरमा राखिएको मसला पनि फ्यास फ्यास् गर्दै सजिलै झरेपछि सबै मसला फाल्नु परेको हो । तस्विरमा झण्डै सबै पिलरहरु पुरै भत्काइएको देख्न सकिन्छ । घरको भुइँ तलामा गरिएको ढलान पनि कामदार लगाएर उम्काइएको छ । भत्काइएको ठाउँमा सिमेन्टका चपेराहरु हुनुपर्नेमा माटोको जस्तो थुप्रो बन्ने गरेको छ । घरधनि बुढाका अनुसार दुई तिन मिनेटमा ह्रवार ह्रवार पिलरको ढलान खस्यो ।

बुढाले भन्नुभयो,‘यो सरिया पनि काम लाग्दैन’ उहाँले फेरि थप्नुभयो, ‘पिलरको अवस्था त्यस्तो देखेपछि भइँतलाको ढलाईमा पनि विश्वास भएन ।’ उहाँका अनुसार अब सो सिमेन्ट प्रयोग गरेर गरिएको सबै ढलान पनि काम लाग्ने देखिएन अब तलैबाट सफा गर्नुपर्ने देखिन्छ पिलर त ढलेढले ।

यस विषयमा सगरमाथा सिमेन्ट उद्योगका सञ्चालकसँग सम्पर्क गर्दा सम्बन्धित घर धनिसँग सम्झौता भइसकेको बताए । सिमेन्ट उत्पादनका क्रममा सामान्य त्रुटी भएको भने उद्योग स्रोतले स्विकारेको छ । अरु तिन चार ठाउँमा पनि समस्या देखिएको श्रोतको भनाई छ ।

उनीहरु सबैलाई आवश्यक क्षतिपूर्ति दिइने र व्यक्तिको नोक्सान् हुन नदिने बताएको छ । यति आश्वासन दिइएको भएपनि निर्माणधीन घरका धनिहरुले भने विश्वास गर्न सकेका छैनन् । यस्ता कच्चा र गुणस्तरहीन वस्तु उत्पादन गर्ने उद्योगहरुलाई कारवही होला कि, भित्र भित्रै सुटुक्कै कुरो मिलाइएला त्यो भने हेर्न बाँकि नै छ ।गोल खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

error: Content is protected !!