१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

सशस्त्र प्रहरीका आईजीको कमाउ धन्दा, सुरु करोडौंको ठेक्का सेटिङमा दिदै

Logo
प्रकाशित शनिबार, माघ १५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बलका आईजी शैलेन्द्र खनालले जाँदाजाँदै बन्दोबस्तीका सामान सेटिङमा खरिद गर्नका लागि स्पेसिफिकेसन माग गर्न लगाएका छन् । २०७८ चैत २८ मा अवकाश हुने उनको मुस्किलले २ महिना पनि जागिर अवधि बाँकी छैन । चालु आर्थिक बर्षको बजेट आफू हुँदै बन्दोबस्तीका सामान खरिद गर्ने र जाँदाजाँदै कुस्त कमाउनेतिर उनी केन्द्रित भएका छन् ।

सामान खरिदका लागि आईजी खनालले आर्थिक प्रशासन महाशाखाका प्रमुख दीपेन्द्र शाह र केन्द्रीय लेखाका इन्स्पेक्टर गणेशबहादुर मल्लमार्फत् स्पेसिफिकेसन माग गरेका छन् । आईजी खनालको निर्देशनमा शाह र मल्लले सामान खरिदको लागि टेण्डर नगरे पनि स्पेक माग गरेका छन् । स्पेक मागी जुन कम्पनीले बढी पैसा घुस दिने कबोल गर्छ, सोही कम्पनीलाई मात्र पर्नेगरी टेण्डर गर्ने तयारीमा आईजी खनाल र आर्थिक महाशाखा प्रमुख शाह छन् ।

यसपटकको ठेक्का सेटिङमा लिनका लागि सशस्त्रका पूर्वडीआइजी चिरन्जीवी अधिकारी नै लागेका छन् । अधिकारीले सशस्त्रको आर्थिक प्रशासन प्रमुखका रुपमा लामै समय काम गरेका थिए । उनले आर्थिक प्रशासन महाशाखाको प्रमुख हुँदै जेठीसासुको नाममा कम्पनी खोली सशस्त्रमा ठेक्का दिने गरेका थिए । स्रोतका अनुसार अवकाशपछि उनी सशस्त्रमा सामान आपूर्ति गर्ने ठेक्कापट्टामा पूर्णतया लागेका छन् ।हालका आर्थिक प्रशासन प्रमुख दीपेन्द्र शाहलाई ककनी तालिम केन्द्रमा तालिम दिने गुरुबा समेत भएकाले चिरन्जीवी अधिकारीलाई बन्दोबस्तीका सामानदेखि सबै खालका ठेक्का लिन सहज भएको छ । एसएसपी दीपेन्द्र शाह र इन्स्पेक्टर गणेश मल्लले चिरन्जीवी अधिकारीको कम्पनीलाई काँडेतार(कन्सर्टिना वायर)को २० लाखका दरले ठेक्का दिने तयारी गरेका छन् ।

कन्सर्टिना वायर हेडक्वाटरबाट सोझै खरिद नगरी गणमा बजेट पठाउने र त्यहाँबाट किनेको देखाउने गरी मिलाइएको छ । सशस्त्र मुख्यालयको आर्थिक प्रशासनमा सेटिङ मिलाई गणमा बजेट पठाई चिरन्जीवी अधिकारीको कम्पनीलाई ५० लाख रुपैयाँको कन्सर्टिना वायरको ठेक्का दिने अन्तिम तयारी भइरहेको छ । झट्ट हेर्दा गणबाट खरिद भएको देखिए पनि सेटिङ सशस्त्र मुख्यालय हल्चोकको आर्थिक प्रशासन महाशाखा प्रमुख दीपेन्द्र शाह र गणेश मल्लले नै गरेको स्रोत बताउँछ ।

यसैबीच, आईजी शैलेन्द्र खनालले जाँदाजाँदा ३७ हजार सेट ट्रयाकसुट खरिद गर्नका लागि मनोज भारती नामका ठेकेदारलाई दिइसकेका छन् । सशस्त्र प्रहरी सम्बद्ध स्रोतका अनुसार भारतीले ठेक्का पाएको र उनले दिने गुणस्तरको ट्रयाकसुट प्रतिस्पर्धाबाट खरिद गर्दा बढीमा ९ सय रुपैयाँ पर्छ । तर प्रतिसेट १ हजार ६ सय रुपैयाँमा ट्रयाकसुट खरिद गर्न लागिएको छ । लगभग दोब्बर नै रेट बढाएर भारतीबाट घुस लिनेगरी ट्रयाकसुट तयार गर्न दिइएको छ । विनाप्रतिस्पर्धा भारतीलाई ट्रयाकसुट ठेक्का दिएका शाह र मल्लले तालिम लिनेहरुले पानी बोक्ने तुम्लेट, छात्तीमा लगाउने सुरक्षाकबच लगायतका अरु सामान समेत खरिद गर्न लागिएको छ । सशस्त्रमा रहेको बजेटसमेत खनालले आफू हुँदै खरिद गरी सक्नेगरी यस्तो तारतम्य मिलाएका छन् ।गणेश मल्ल र दीपेन्द्र शाहले यसअघि पनि मनोज भारतीको फिटवेल गार्मेन्ट सीतापाइलाबाट मात्रै करोडौंको सामान विनाटेण्डर खरिद गरेका थिए । भारतीले सशस्त्र मुख्यालय हल्चोकअगाडि पेट्रोल पम्प भएको भवनमा भब्य बन्दोबस्तीका सामानको पसल खोलेका छन् । सशस्त्र मुख्यालयअगाडिको सटर निःशुल्क जस्तो कब्जा गरी पसल राखेका उनले ट्रयाकसुट खरिदको जिम्मा पाएका छन् ।

भारतीले गृहमन्त्रालयमा लामै समय काम गरेका र केही समयअघि अवकाश पाएका आईजी खनालका समेत ससुराली नाता पर्ने पूर्व सहसचिव प्रदीपराज कँडेलमार्फत् सशस्त्रमा कोटेसेनमा करोडौंको सामान सप्लाई गर्न सफल हुँदैआएका छन् । कोरोना महामारीदेखि उनले सशस्त्रमा पीपीई, मास्क लगायतका सामान समेत मनपरी मूल्य राखी कोटेसनमा आपूर्ति गरेका छन् । जसको छानबिन समेत अख्तियार लगायत सरोकारवाला निकायबाट भएको छैन ।

त्यसैगरी, बझाङका किशोर मल्ललाई पनि फायर कन्ट्रोल, तुम्लेट जस्ता सामान पनि गणेश मल्लले कोटेसनमा दिंदैआएका छन् । टेण्डर निकाल्दा प्रतिस्पर्धा हुने र कमिशन कम आउने भएपछि सार्वजनिक खरिद ऐन नियम छल्नकै लागि लेखाका इन्स्पेक्टर गणेश मल्लले टुक्रा पार्दै कोटेसनका आधारमा लिने गरेका छन् । –
नेपाल फेस डटकमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

error: Content is protected !!