१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

वडा प्रहरीले चोरी भएको मोटरसाइकल फेला पारी सवारीधनीलाई बुझायो

Logo
प्रकाशित सोमबार, माघ १७, २०७८

ABC (क्राईमबिट)
बाँके । राप्तीसोनारी गाउँपालिका ८ घर भई हाल नेपालगन्ज ४ बस्दै आएका तुलाराम खत्रीको यही माघ १४ गते बसपार्क नजिक रहेको होटेल दाजुभाईमा पार्किङ गरिराखेको भे. ९ प ४८६१ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएको सूचना पाएपश्चात् वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले उक्त मोटरसाइकललाई हिजो नेपालगन्ज १८ सुर्जीगाउँ जाने बाटोमा वेवारिसे अवस्थामा फेला पारेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्काले जानकारी दिएका छन ।

फेला पारिएको उक्त भे ९ प ४८६१ नम्बरको मोटरसाइकललाई आज बिहान वडा प्रहरी कार्यालय नेपालगन्जले सवारीधनी खत्रीलाई हस्तान्तरण गरेको वडा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

error: Content is protected !!