१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

अरुको नक्कल सार्ने पत्र-पत्रिकालाई प्रेस काउन्सिलको कारबाही हुने

Logo
प्रकाशित सोमबार, माघ १७, २०७८

(ABC-Sanchar)
काठमाडौं । प्रेस काउन्सिल नेपालले विगत २ आर्थिक वर्षको पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । पछिल्लो वर्षको वर्गीकरणमा ४५ वटा पत्रपत्रिकाले हुबहु सारेकाले वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय भएको छ । काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गरी आ.व. २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वितरण सम्परीक्षण समितिको प्रतिवेदनका आधारमा वर्गीकरण नतिजा प्रकाशन गरिएको जनाएको हो ।

विभिन्न कारणले देशभरका पत्रपत्रिकाको वर्गीकरण झण्डै ३ वर्षदेखि सार्वजनिक हुन सकेको थिएन । नतिजाअनुसार आ.व. २०७५/०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये क वर्गमा २१९ पत्रपत्रिका वर्गीकृत भएका छन् । यस्तै ख वर्गमा ४७६ पत्रपत्रिका, ग वर्गमा १३७ पत्रपत्रिका र घ वर्गमा १५ पत्रपत्रिका वर्गीकृत भएका छन् । वर्गीकरण भएकामध्ये १७९ दैनिक पत्रिका, ३ अर्धसाप्ताहिक पत्रिका र ५०१ साप्ताहिक पत्रिका वर्गीकृत भएका छन् । यस्तै ११ पाक्षिक, ७३ मासिक पत्रिका, ७ वटा द्वैमासिक पत्रिका र ६ वटा त्रैमासिक पत्रिका वर्गीकृत छन् । ५८ वटा साहित्यिक र ९ वटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् । तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका २५ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन ।त्यस्तै आ.व. २०७६/०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकामध्ये क वर्गमा २३९ पत्रपत्रिका वर्गीकृत भएका छन् । यस्तै ख वर्गमा ४३१ पत्रपत्रिका, ग वर्गमा १६३ पत्रपत्रिका, वर्गीकरण भएका छन् । घ वर्गमा कुनै पनि पत्रपत्रिका वर्गीकरण गरिएका छैनन् । वर्गीकरण भएकामध्ये १८० दैनिक पत्रिका, २ अर्धसाप्ताहिक पत्रिका र ४८६ साप्ताहिक पत्रिका छन् । यस्तै १२ पाक्षिक, ७३ मासिक पत्रिका, ६ वटा द्वैमासिक पत्रिका र ८ वटा त्रैमासिक पत्रिका वर्गीकृत छन् । ५७ वटा साहित्यिक र ९ वटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् । तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका ३४ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन ।

काउन्सिलले नतिजामा चित्त नबुझे नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग/पुनः मूल्याङ्नका लागि निवेदन दिन सकिने जनाएको छ । पत्रपत्रिका वर्गीकरणको नतिजा प्रेस काउन्सिल नेपालको वेबसाइट र फेसबुक पेजमा समेत राखिएको छ ।

पत्रकारितामा पछिल्लोसमय आचारसंहिता उल्लङ्घनका घटनाहरू बढिरहेको काउन्सिलले जनाएको छ । कतिपय सञ्चार माध्यमहरूले गैर जिम्मेवार भइ समाचार सम्प्रेषण गर्ने, हुबहु गर्ने, जथाभाबी अडियो तथा भिडियो बनाइ सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेकोसम्बन्धमा काउन्सिलमा उजुरी बढेको विज्ञप्तिमा उल्लेख छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

error: Content is protected !!