१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

बाँके प्रहरीले सुपारीसहित २ जना तस्करी नेपालगन्जबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १८, २०७८

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उपमहानगरपालिका १० ट्राफिक चोकबाट आज एक सय ५५ किलो सुपारीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भे १ क १८२४ नम्वरको अटोमा ८५ किलो र भे १ क १२१९ नम्वरको अटोमा ७५ किलो सुपारीसहित भारत बहराइचस्थित नानपारका २८ वर्षीय इरफान राइ र ३८ वर्षीय मोहम्मद सइदलाई पक्राउ गरिएको न्यौपानेको भनाइ छ । अटो रिक्साको हुड र डिक्कीमा लुकाइछिपाइ भारत लैजानेक्रममा उनीहरु प्रहरीको फन्दामा परेका हुन् । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको पनि बाँके प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले तस्कर नियन्त्रणका लागि मातहतका अधिकारीलाई कडा निर्देशन दिएपछि तस्करहरु धमाधम कानुनको दायरामा आउन थालेका छन् । गएराती पनि…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पर्सा । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमप्रकाश यादव टाङ्गाको ठक्करबाट घाइते भएका छन्। प्रहरी चौकी इनर्वामा कार्यरत हवल्दार यादव ड्युटीमा रहेको समयमा टाङ्गाले ठक्कर दिँदा उहाँको खुट्टाको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। घटनापछि उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार हड्डी भाँचिए पनि उहाँको स्वास्थ्य अवस्था […]

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]