१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

स्थानीय निर्वाचनको मिति तोक्न माग गर्दै युवा संघ बाँकेले मशाल जुलुस प्रदर्शन

Logo
प्रकाशित मंगलबार, माघ १८, २०७८

(ABC-Sanchar)
बाँके । मंगलबार नेपालगन्जमा मसाल जुलुस प्रदर्शन गरेको छ । पराजय भोग्ने डरले पाँच दलिय गठबन्धन सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्न ढिलाई गरेको विरोधमा युवा संघले नेपालगन्जमा मसाल जुलुस प्रदर्शन गरेको बाँके इन्चार्ज खेम शर्माले बताए ।
एमाले पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुस विपी चोकमा पुग्नै लाग्दा प्रहरीले बल प्रयोग गर्दा सो क्षेत्र केहिवेर तनावग्रस्त बनेको थियो । मसाल जुलुस समापन कार्यक्रममा युवा संघ बाँके इन्चार्ज खेम शर्माले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरे । उनले वर्तमान गठबन्धन सरकार निर्वाचन नगर्ने पक्षमा लागेको भन्दै समयमा निर्वाचन नगराए त्यसको परिणाम नराम्रो आउने चेतावनी दिए ।
मसाल जुलुसमा नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन, जिल्ला सचिव रत्न खत्री, युवा संघ बाँकेका संयोजक ज्ञानु ओली, कस्माखर बस्याल लगायतले सहभागिता जनाएका थिए । स्थानीय तहको मिति तत्काल घोषणा गर्न, इन्धनमा गरिएको मुल्यवृद्धि फिर्ता लिनुपर्ने, लिपुलेकस्थित नेपाली भूमिमा भारतले गरिरहेको सडक निर्माण कार्य रोक्नुपर्ने लगायतका माग सहित मसाल जुलुस प्रदर्शन गरिएको युवा संघ बाँके संयोजक ज्ञानु ओली बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

error: Content is protected !!