२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सामाखुसीमा मेनपावर सञ्चालकबाट युट्युबर कुटिए ३ जना घम्भिर घाइते

Logo
प्रकाशित बुधबार, माघ १९, २०७८

(ABC-Sanchar)
काठमाडौँ । सामाखुसी स्थित ट्रिपल स्टार मेनपावरमा गएका युट्युबरलाई मेनपावर सञ्चालक र उनका समर्थकले निर्घात कुटेका छन् । विवादको क्रममा हात हालाहाल हुँदा ३ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए ।

वैदेशिक रोजगार सम्बन्धी विषयमा विवाद हुँदा मेनपावर सञ्चालक र समर्थक युट्युबरमाथि जाइलागेका थिए । कुटपिटबाट मेचिङ नेपाल च्यानलमा कार्यरत ३४ वर्षीय दिपेश राज पाण्डे, ४२ वर्षीय हरि प्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी घाइते भएका छन् ।

मंगलबार दिउँसो मेनपावरबाट पीडित भएकाहरूको साथमा युट्युबरहरु टोखा नगरपालिका–१४ स्थित मेनपावरको कार्यालयमा पुगेका थिए । घाइतेहरूको बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे कसैले उजुरी नगरेको र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए । मेनपावरका पदाधिकारी र युट्युबरको बिचमा एक आपसमा विवाद हुँदा हात हालाहाल भएको थियो । रातो-पाटीबाटJ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!