(ABC-Sanchar)
बाजुरा । कर्णाली करिडोर राजमार्गको स्तरोन्नोति भएपछि सुर्खेत काँक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेशको ०२ ख ०१७६ नम्बरको बस पहिलो पटक सोमबार पिलुचौर बजारमा पुगेको हो।
कालिकोट जिल्लाको कालिका गाउँपालिका कालेखोला र खुलालु जोड्ने पक्की पुल निर्माणपछि सुर्खेतदेखि कर्णाली राजमार्गमा बस सेवा सुचारु गरेको चालक सन्दीप लामिछानेले बताएका छन्।
कोलिकोटको नरहरी नाथ ८ खुलालू लाली घाटदेखि बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको पिलुचौरमा बस पुगेको हो । करिडोरमा पहिलो पटक बस गुड्दा र पिलुचौरमा बस पुग्दा यहाँका स्थानीय खुसी भएका छन्।
बस पुगेको खुसीयालीमा स्थानीयले बस चालक र मालिकलाई फूलमाला र अबिर लगाइ स्वागत गरेका छन्। नियमित बस सेवा सञ्चालन गर्न बस चालक सहीत चार जनाको टोली सडकको अवलोकन गर्दै हुम्ला जिल्लाको सरिल्ला पुग्ने बस मालिक ओम प्रकाश तिवारीले बताएका छन्।
बाटोको स्तरोन्नोति भएपछि पहिलो पटक त्यहाँ बस पुगेको हो। सो क्षेत्रमा ट्याक्टर ट्रक र जिप समेत संचालन हुदै आइरहेका छन्।