१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

बाजुराको विकटमा पहिलो पटक बस पुगेपछि स्थानीयबासीहरु खुसी मनाउदै

Logo
प्रकाशित बुधबार, माघ १९, २०७८

(ABC-Sanchar)
बाजुरा । कर्णाली करिडोर राजमार्गको स्तरोन्नोति भएपछि सुर्खेत काँक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेशको ०२ ख ०१७६ नम्बरको बस पहिलो पटक सोमबार पिलुचौर बजारमा पुगेको हो।

कालिकोट जिल्लाको कालिका गाउँपालिका कालेखोला र खुलालु जोड्ने पक्की पुल निर्माणपछि सुर्खेतदेखि कर्णाली राजमार्गमा बस सेवा सुचारु गरेको चालक सन्दीप लामिछानेले बताएका छन्।

कोलिकोटको नरहरी नाथ ८ खुलालू लाली घाटदेखि बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको पिलुचौरमा बस पुगेको हो । करिडोरमा पहिलो पटक बस गुड्दा र पिलुचौरमा बस पुग्दा यहाँका स्थानीय खुसी भएका छन्।

बस पुगेको खुसीयालीमा स्थानीयले बस चालक र मालिकलाई फूलमाला र अबिर लगाइ स्वागत गरेका छन्। नियमित बस सेवा सञ्चालन गर्न बस चालक सहीत चार जनाको टोली सडकको अवलोकन गर्दै हुम्ला जिल्लाको सरिल्ला पुग्ने बस मालिक ओम प्रकाश तिवारीले बताएका छन्।

बाटोको स्तरोन्नोति भएपछि पहिलो पटक त्यहाँ बस पुगेको हो। सो क्षेत्रमा ट्याक्टर ट्रक र जिप समेत संचालन हुदै आइरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

error: Content is protected !!