१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

बर्दिया मैनापोखर सडकमा पीडितहरुको चक्काजाम प्रहरी कार्यालय घेराउ

Logo
प्रकाशित बुधबार, माघ १९, २०७८

ABC (क्राईमबिट)
बर्दिया । मदिरा पिएर चालकले चलाएको टिप्परको ठक्करबाट दुई जनाको ज्यान लिनुका साथै अन्य दुई स्थानीयलाई गम्भीर घाइते बनाएपछि बिहानैदेखि मैनापोखर क्षेत्र तनावग्रस्त बनेको छ ।

स्थानीयहरुले मृतकका आफन्तलाई उचित क्षतीपूर्ती, घाइतेको उपचार र चालकलाई हदैसम्मको कारबाही लगायतका माग राख्दै आन्दोलन उत्रिएका छन् ।

उनीहरुले मैनापोखर, भोलागौडी, सिमरा लगायतका क्षेत्रका सडकमा उत्रिएका बिहानैदेखि नेपालगन्ज गुलरिया सडक खण्ड अवरुद्ध पारेका छन् । ईलाका प्रहरी कार्यालय मैनापोखर बाहिर प्रदर्शन गर्दा सो क्षेत्र तनावग्रस्त बनेको छ ।

ठूलो संख्या नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । ठक्कर दिने टिप्परका मालिकलाई बोलाइएपनि आइनपुगेको बर्दिया प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

error: Content is protected !!