ABC (क्राईमबिट)
बारा । सिम्रौनगढ नगरपालिका वडा नम्बर २ स्थित हरिहरपुर जानेबाटोमा चेकजाँचको क्रममा शस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ७ पिपरियाका किशोरी साह रहेका छन् । ना २५ प १९७८ नम्बरको मोटरसाइकलमा सवार साहलाई मंगलबार साँझ ५ बजे चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साहको साथबाट २ लाख ९६ हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिए । उनको साथबाट १२ हजार १४५ सक्कली रुपैयाँसमेत फेला परेको डीआईजी ठाडाले बताए ।