१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

गैरकानुनी कारोबार आशंकाले पैसा उपयोगको स्रोत खोज्दै नेपाल राष्ट्र बैंक

Logo
प्रकाशित शुक्रबार, माघ २१, २०७८

(ABC-Sanchar)
काठमाडौँ । बैंकहरूबाट झिकिएको नगद रकम कहाँ प्रयोग भइरहेको छ भन्नेबारे नेपाल राष्ट्र बैंकले खोजी थालेको छ । बैंकहरूबाट निकालिएको रकम गैरकानुनी कारोबारमा उपयोग भइरहेको आशंकामा राष्ट्र बैंकले नगद उपयोगको स्रोत खोज्न थालेको हो । सोही क्रममा ७ लाख वा त्यसभन्दा बढी रकमको नगद कारोबारको पूर्ण विवरण पठाउन बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

‘हरेक दिन बैंकहरूबाट ठूलो परिमाणमा निक्षेप बाहिरिएको देखिन्छ । तर त्यो कहाँ गयो भन्ने स्रोत भेटिँदैन,’ स्रोतले भन्यो, ‘त्यस्ता शंकास्पद गतिविधि रोक्न पनि विवरण मागिएको हो ।’ निर्देशनअनुसार बैंकहरूले यही माघ २४ भित्र ७ लाख रुपैयाँ वा त्यसभन्दा बढी नगद कारोबारको सबै विवरण राष्ट्र बैंकमा बुझाउनुपर्नेछ । अहिले वाणिज्य बैंकका लागि पत्र काटिए पनि विकास बैंक र फाइनान्स कम्पनीबाट पनि यस्तो विवरण मागिने स्रोतले बताएको छ ।
हाल १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न पाइँदैन । यसबाहेक सानो ठूलो सबै शंकास्पद कारोबारको अनिवार्य रूपमा वित्तीय जानकारी इकाइ (एफआईयू) मा बैंक तथा वित्तीय संस्थाले जानकारी दिनुपर्छ । अहिले राष्ट्र बैंकले ७ लाख रुपैयाँ र त्यसभन्दा माथिका सबै नगद कारोबारको पूर्ण विवरण मागेको हो । यसअघि राष्ट्र बैंकले १० लाखभन्दा साना रकमका नगद कारोबारको विवरण मागेको थिएन । चालु आर्थिक वर्ष सुरु भएपछिका धेरैजसो महिनामा बैंकहरूको निक्षेप घटेको छ । तर, कसरी निक्षेप घट्यो भन्ने कुरा बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकले बताउन सकेका छैनन् ।

यही बेला क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फन्डलगायतको कारोबार बढेको कुरा बाहिरिएको छ । ‘बाघ कराउनु र बाख्रो हराउनु भने झैं भयो । एकातिर बैंकबाट निक्षेप बाहिरियो, अर्कोतिर क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फन्डलगायतको कारोबारमार्फत पुँजी पयालय बढ्यो,’ स्रोतले भन्यो, ‘यसकारण पनि राष्ट्र बैंकले नगद कहाँ गइरहेको छ भनेर खोज्नुपरेको हो ।’ अहिले बैंकहरूसँग मागेको विवरणले फरकफरक बैंकबाट एकै व्यक्ति वा संस्थाले कुन मितिमा कुनकुन संस्थाबाट रकम निकालेका छन् भन्ने जानकारी पाइन्छ । ‘ती जानकारीपछि शंकास्पद कारोबारहरूलाई राष्ट्र गैरकानुनी कारोबार आशंकाले ७ लाखभन्दा बढीको नगदमा निग

पैसा उपयोगको स्रोत खोज्दै राष्ट्र बैंक
काठमाडौँ — बैंकहरूबाट झिकिएको नगद रकम कहाँ प्रयोग भइरहेको छ भन्नेबारे नेपाल राष्ट्र बैंकले खोजी थालेको छ । बैंकहरूबाट निकालिएको रकम गैरकानुनी कारोबारमा उपयोग भइरहेको आशंकामा राष्ट्र बैंकले नगद उपयोगको स्रोत खोज्न थालेको हो । सोही क्रममा ७ लाख वा त्यसभन्दा बढी रकमको नगद कारोबारको पूर्ण विवरण पठाउन बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

‘हरेक दिन बैंकहरूबाट ठूलो परिमाणमा निक्षेप बाहिरिएको देखिन्छ । तर त्यो कहाँ गयो भन्ने स्रोत भेटिँदैन,’ स्रोतले भन्यो, ‘त्यस्ता शंकास्पद गतिविधि रोक्न पनि विवरण मागिएको हो ।’ निर्देशनअनुसार बैंकहरूले यही माघ २४ भित्र ७ लाख रुपैयाँ वा त्यसभन्दा बढी नगद कारोबारको सबै विवरण राष्ट्र बैंकमा बुझाउनुपर्नेछ । अहिले वाणिज्य बैंकका लागि पत्र काटिए पनि विकास बैंक र फाइनान्स कम्पनीबाट पनि यस्तो विवरण मागिने स्रोतले बताएको छ ।
हाल १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न पाइँदैन । यसबाहेक सानो ठूलो सबै शंकास्पद कारोबारको अनिवार्य रूपमा वित्तीय जानकारी इकाइ (एफआईयू) मा बैंक तथा वित्तीय संस्थाले जानकारी दिनुपर्छ । अहिले राष्ट्र बैंकले ७ लाख रुपैयाँ र त्यसभन्दा माथिका सबै नगद कारोबारको पूर्ण विवरण मागेको हो । यसअघि राष्ट्र बैंकले १० लाखभन्दा साना रकमका नगद कारोबारको विवरण मागेको थिएन । चालु आर्थिक वर्ष सुरु भएपछिका धेरैजसो महिनामा बैंकहरूको निक्षेप घटेको छ । तर, कसरी निक्षेप घट्यो भन्ने कुरा बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकले बताउन सकेका छैनन् ।

यही बेला क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फन्डलगायतको कारोबार बढेको कुरा बाहिरिएको छ । ‘बाघ कराउनु र बाख्रो हराउनु भने झैं भयो । एकातिर बैंकबाट निक्षेप बाहिरियो, अर्कोतिर क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फन्डलगायतको कारोबारमार्फत पुँजी पयालय बढ्यो,’ स्रोतले भन्यो, ‘यसकारण पनि राष्ट्र बैंकले नगद कहाँ गइरहेको छ भनेर खोज्नुपरेको हो ।’ अहिले बैंकहरूसँग मागेको विवरणले फरकफरक बैंकबाट एकै व्यक्ति वा संस्थाले कुन मितिमा कुनकुन संस्थाबाट रकम निकालेका छन् भन्ने जानकारी पाइन्छ । ‘ती जानकारीपछि शंकास्पद कारोबारहरूलाई राष्ट्र बैंकले थप अनुसन्धान गर्न सक्छ,’ स्रोतले भन्यो, ‘अन्ततः हाम्रो उद्देश्य नगद उपयोगको स्रोत पहिचान गर्ने नै हो ।’

सात लाख रुपैयाँभन्दा बढीका नगद कारोबारको विवरणमार्फत राष्ट्र बैंकले वित्तीय कारोबारको दिशा पत्ता लगाउन चाहेको हुन सक्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताए । ‘यस्ता सूचना धेरै पहिलेदेखि नै माग्नुपर्थ्यो,’ उनले भने, ‘अहिले पुँजी पलायको संकेत देखिएपछि विवरण संकलन गर्न थालेछ ।’ गत मंसिरसम्म करिब २ खर्ब रुपैयाँले शोधनान्तर घाटामा छ । यसको कारण बढ्दो आयात मात्र होइन । यसमा पुँजी पलायनलगायत अरू कारण बढी जिम्मेवार छन् । ती कारण पहिचान गर्नकै लागि राष्ट्र बैंकले नगद कारोबारको विवरण मागेको हुन सक्ने पूर्वउपाध्यक्ष श्रेष्ठको तर्क छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

error: Content is protected !!