१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

सल्यान र सुर्खेतमा चट्याङबाट २ महिला मृत्यु दाङमा चट्याङबाट २ राँगा मृत्यु

Logo
प्रकाशित शुक्रबार, माघ २१, २०७८

ABC (क्राईमबिट)
दाङ । सल्यानको जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ की ४० बर्षीया रामकली कामीको बिहीबार बेलुका घरमै चट्याङले लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घरकै भान्सा कोठामा आगो बालेर बसी रहेकी कामीको चट्याङले परेपपछि मृत्यु भएको हो ।
घटनास्थलतर्फ प्रहरी शुक्रबार बिहान मात्रै पुग्दै छ । घटनाको थप बिवरण प्रहरी पुगेपछि मात्रै प्राप्त हुने प्रहरीले जनाएको छ ।त्यस्तै सुर्खेतमा पनि चट्याङबाट एक महिलाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका वडा नं. ११ साँदीखोलाकी ३५ बर्षीया नोकीशरा खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

यता दाङ घोराहीको शर्रामा चट्याङ लागेर एक जना किसानले पालेका दुई वटा राँगा मरेका छन् ।बिहीबार राति ९ बजेतिर राँगा बाँधेको गोठमा चट्याङ परेपछि दूई राँगा मरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

error: Content is protected !!