
(सागर थापा)
बर्दिया । लुम्बिनी प्रदेश संघीय प्रहरी इकाई कार्यालय भैरहवा रुपन्देहीमा भर्खरै मात्र सरुवा भएर आउनु भएका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी जनक भट्टराईले जिल्ला प्रहरी कार्यालय बर्दियाको शुक्रबार बिहान अपराध अनुसन्धान शाखा एवम् कार्यालयको निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
नागरिकको प्रहरी भएर काम गर्न र प्रहरी कर्मचारीहरुलाई काम कारवाही गर्ने सम्वन्धमा आवश्यक नीति निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीलेले जानकारी दिनुभएको छ ।