०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

नेपाल प्रहरीमा ३ एआइजीको दरबन्दी स्विकृत सिंह धानुक र सुबेदीलाई बढुवा

Logo
प्रकाशित बुधबार, माघ २६, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थप्ने निर्णय गरेको छ। गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसारले सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा ३ एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो।

अर्थमन्त्रालयले नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थपका लागी यसअघि नै स्विकृती दिइसकेको छ। नेपाल प्रहरीका डीआईजीबाट एआइजीमा बढुवा गर्न आज गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठक बस्ने र बिहिवारको मन्त्रिपरिषद बैठकले बढुवा गर्ने तयारी रहेको स्रोत बताउंछ।

प्रहरीमा एआईजी बढुवाका लागि डीआईजीहरु धीरजप्रताप सिंह, उत्तम सुवेदी, वसन्त पन्त, ईश्वरबाबु कार्की, बसन्त लामा र रविन्द्र धानुक प्रतिस्पर्धामा थिए। तर, थपिएका तिन एआइजीमा धीरजप्रताप सिंह, रविन्द्र धानुक उत्तम सुवेदी को बढुवा गर्ने सहमति भएको स्रोतको दावी छ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले यसपटक पनि निकट अधिकारीलाई बढुवा गर्न एआइजीको दरबन्दी थप्ने काम गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]