२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

कैलालीमा फागुन १ गतेदेखि स्वास्थ मापदण्ड पालना गरेर विद्यालय सञ्चालन

Logo
प्रकाशित बुधबार, माघ २६, २०७८

(सर्मिला बोगटी)
धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम लगायतका शैक्षिक संस्था सञ्चालनको हकमा कोभिड विरुद्धको खोप लगाएको सुनिश्चित गरी फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड अवलम्बन गरी सञ्चालन गर्न सकिने भएको छ। तर १२ वर्षभन्दा कम उमेर समूहका विद्यार्थीको हकमा सम्बन्धित विद्यालयले उपयुक्त वैकल्पिक विधि अपनाई कक्षा सञ्चालन गर्न सक्ने निर्णय भएको सूचना अधिकारी जोशीले जानकारी दिए।

खोप लगाउन छुटेका १२ वर्षमाथिका विद्यार्थीको हकमा अविलम्ब खोप लगाउने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तह, स्वास्थ्य कार्यालय र सम्बन्धित विद्यालयलाई अनुरोध गर्ने निर्णय भएको उनले बताए।

कैलालीमा कोभिड विरुद्धको पूर्ण खोप अभियानको पुस मसान्तसम्मको लक्ष्य ६६ प्रतिशत रहेकोमा शतप्रतिशत लक्ष्य हासिल भएको जिल्ला प्रशासन कार्यालयले जनाएका छ। जसलाई मध्यनजर गरी सबै क्षेत्रमा खुकुलो पार्दै जाने बताइएको छ।विभिन्न प्रकारका गोष्ठी, सेमिनार, समीक्षा बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा सकेसम्म भर्चुअल माध्यमबाट गर्नुपर्ने बताइएको छ।

यस्ता छन् जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको वैठकका निर्णयहरु

१) यस जिल्लामा कोभिड विरुद्धको पूर्ण खोप अभियानको २०७८ पुष मसान्तसम्मको लक्ष्य ६६५ रहेकोमा सतप्रतिशत लक्ष्य हासिल गर्न सहयोग गर्ने सम्वन्धित सवै निकाय र व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरियो।

२) कोभिड-१९ को जोखिम कायमै रहेको हुँदा घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा सबैले मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, समयसमयमा सावुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने लगायतको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नेरगराउने।)विभिन्न प्रकारका गोष्ठी, सेमिनार, समिक्षा बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा सकेसम्म भर्चुअल माध्यमबाट गर्ने। भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा तोकिए अनुसारको जन-स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा ५० जना (कोभिड विरुद्धको खोप लगाएका) मात्र सहभागि रहने गरी सञ्चालन गर्ने।

४) सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार स्वास्थ्य मापदण्ड अवलम्वन गरी कूल क्षमताको ५० नवढ्ने गरी विहान ५ः०० बजेदेखि राती १०ः०० बजेसम्म सञ्चालन गर्ने।

५)विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम लगायतका शैक्षिक संस्था सञ्चालनको हकमा कोभिड विरुद्धको खोप लगाएको सुनिश्चित गरी २०७८ साल फागुन १ देखि स्वास्थ्य मापदण्ड अवलम्वन गरी सञ्चालन गर्ने सकिने। १२ वर्ष भन्दा कम उमेर समूहका विद्यार्थीको हकमा सम्वन्धित विद्यालयले उपयुक्त वैकल्पिक विधि अपनाई कक्षा सञ्चालन गर्न सक्ने।

६) कोभिड विरुद्धको खोप लगाउन छुटेका १२ वर्ष माथी १८ वर्ष मुनी उमेर समुहका विद्यार्थीहरुको हकमा अविलम्व खोप लगाउने व्यवस्था मिलाउन सम्वन्धित स्थानीय तह, स्वास्थ्य कार्यालय र सम्वन्धित विद्यालयलाई अनुरोध गर्ने।

७)मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा सामुहिक रुपमा जम्मा भई पूजा आराधना गर्नु पर्ने भए जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी सञ्चालन गर्न सकिने।८) सपिङ मल, डिपार्टमेण्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एकपटकमा २५ जना भन्दा बढी हुन नहुने गरी जनस्वास्थ्य मापदण्ड पालना गर्नेरगराउने गरी सञ्चालन गर्ने।

९) रङ्गशालामा दर्शक सहितको खेलकुद कार्यक्रम गर्दा एक पटकमा कूल क्षमताको ५० संख्या मात्र उपस्थित हुनेगरी जनस्वास्थ्यका मापदण्ड पालना गर्नेर गराउने गरी सञ्चालन गर्ने।

१०) धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा ५० जना भन्दा बढी नहुने (पार्टी प्यालेसमा भए एक पटकमा कूल क्षमताको ५० वा बढीमा १०० जना मात्र उपस्थित रहने) गरी जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र सञ्चालन गर्ने।

११) सीमा नाकामा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र त्यस्तो परीक्षणबाट संक्रमित देखिएकाहरुलाई तत्काल संस्थागत आइसोलेसन, होल्डिङ्ग सेन्टर आदिमा राख्ने ब्यवस्था मिलाउने सम्वन्धित स्थानिय तहलाई आवश्यक समन्वय र सहजिकरण गर्न अनुरोध गर्ने।

१२) होटेल तथा रेष्टुरेण्टले कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोवाइलमा फोटो भएपनि हुने) र तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी, गराई संचालन गर्ने।

१३) अत्यावश्यक काममा भारतीय सीमा नजिकका बजारहरुमा आवत जावत गर्दा कोभिड १९ विरुद्धको खोप कार्ड साथमा राखि (मोवाइलमा फोटो भएपनि हुने) अनिवार्य रुपले सुरक्षामा खटिएका कर्मचारीलाई देखाउनु पर्ने।

१४) औषधि लगायत अत्यावश्यक आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्ने उपर कानून बमोजिम कारवाही गर्ने।१५) १२ वर्ष माथी उमेर समूहका सवै नागरिकलाई कोभिड विरुद्धको खोप लगाउने विषयको सचेतनात्मक सन्देश प्रचार प्रशारका लागि सञ्चार माध्यमलाई अनुरोध गर्ने।

१६) खोप कार्ड हराएका व्यक्तिहरुलाई खोप कार्डको प्रतिलिपि सहज ढंगबाट उपलब्ध गराउने व्यवस्था गर्न स्वास्थ्य कार्यालयलाई अनुरोध गर्ने।
१७)सदा झैं कोभिड विरुद्धको अभियान आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न आम नागरिकलाई अनुरोध गर्ने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!