२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

वन बिरालो मारेको आरोपमा ५ जना युवाहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ २७, २०७८

ABC (क्राईमबिट)
रौतहट । गुजरा नगरपालिका जंगलसहिया नजिकबाट ७ वटा ढाडे (वन) बिरालो मारेको अभियोगमा प्रहरीले पाँच युवकलाई पक्राउ गरेको हो ।

बुधबार साँझ करिब ६ बजेको समयमा जंगलसैया चोकदेखि पश्चिम बाटोमा रातो झोला बोकेर शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा एउटा टोलीलाई इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाको प्रहरी टोलीले चेकजाँच गर्दा मृत अवस्थामा ७ वटा बनबिरालो बरामद भएको थियो ।

झोलामा मृत अवस्थामा ७ वटा वन बिरालो मृत अवस्थामा फेला परेपछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिकाका १८ वर्षीय पप्पु बरै, ३५ वर्षीय संजय बरै, १८ वर्षीय अक्षय बरै, १८ वर्षीय सुनील बरै र १८ वर्षी नीरज बरै रहेका छन् ।

पक्राउ पर्नेहरुलाई इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाले जंगलसहिया सब डिभिजन वन कार्यालयलाई बुझाएको छ । पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा राखेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!