(ABC-Sanchar) तम्घास । गुल्मीको मालिका गाउँपालिका ७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन् । उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए । सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुलीलगायतका सुविधाबाट वञ्चित थिए । सार्वजनिक जग्गामा सुकुम्बासीका रुपमा बसोबास गरिरहेका दलित विपन्न परिवारको आधारभूत मानवअधिकार र नागरिक हकबाट वञ्चित भएको विषयलाई लिएर स्थानीय तहको आलोचना भएको थियो । मालिकाले जनप्रतिनिधि निर्वाचित भएकै वर्षबाट सुकुम्बासी व्यवस्थापनको प्रयास गरिरहेको थियो । उनीहरुलाई गाउँपालिकाले डिहीमा जग्गा खरिद गरेर बसोबासको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख रीतबहादुर थापाले बताए । सिलाद…