२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल सरकारले १ लाख १८ हजार म्यादी प्रहरी भर्नाको तयारी

Logo
प्रकाशित शनिबार, माघ २९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।

स्थानीय तह निर्वाचन सुरक्षा

देशको मौजुदा सुरक्षा जनशक्तिबाट निर्वाचनको सुरक्षाका लागि जनशक्ति अपुग हुने भएपछि म्यादी प्रहरी भर्नाको तयारी भएको हो । देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक एकै चरणमा निर्वाचन गर्नेगरी मिति तय भइसकेको छ । सरकारले ‘म्यादी प्रहरी छनोटसम्बन्धी मापदण्ड-२०७८’मार्फत म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालले म्यादीको आवश्यक संख्या, म्यादी परिचालनका लागि बजेट, निर्वाचनमा मौजुदा प्रहरी परिचालनका लागि आवश्य वजेटसहित यातायात साधन खरिदका लागिसमेतको योजना बनाएर मन्त्रालयमा पेस गरिसकेको छ । निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि ७ सय २३ वटा गाडी खरिद गर्नु१ लाख १८ हजार म्यादी प्रहरी भर्नाको तयारी, पूर्वप्रहरी र पूर्वसैनिकलाई प्राथमिकता
१ लाख १८ हजार म्यादी प्रहरी भर्नाको तयारी, पूर्वप्रहरी र पूर्वसैनिकलाई प्राथमिकता

काठमाडौं । आगामी वैशाख ३० गतेको लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।

स्थानीय तह निर्वाचन सुरक्षा

देशको मौजुदा सुरक्षा जनशक्तिबाट निर्वाचनको सुरक्षाका लागि जनशक्ति अपुग हुने भएपछि म्यादी प्रहरी भर्नाको तयारी भएको हो । देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक एकै चरणमा निर्वाचन गर्नेगरी मिति तय भइसकेको छ । सरकारले ‘म्यादी प्रहरी छनोटसम्बन्धी मापदण्ड-२०७८’मार्फत म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालले म्यादीको आवश्यक संख्या, म्यादी परिचालनका लागि बजेट, निर्वाचनमा मौजुदा प्रहरी परिचालनका लागि आवश्य वजेटसहित यातायात साधन खरिदका लागिसमेतको योजना बनाएर मन्त्रालयमा पेस गरिसकेको छ । निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि ७ सय २३ वटा गाडी खरिद गर्नुपर्ने प्रधान कार्यालयको प्रस्ताव छ ।

म्यादी भर्ना गर्दा पूर्वप्रहरी र पूर्वसैनिकलाई प्राथमिकतामा राख्ने तयारी सरकारको छ । प्रहरी प्रधान कार्यालयले सोहीअनुसार योजना बनाएर गृह मन्त्रालयमा प्रस्ताव पठाएको हो ।

प्रधान कार्यालयको प्रस्तावमा गृहले थप प्रक्रिया अघि बढाउँदै छ । प्रधान कार्यालयले म्यादी प्रहरी परिचालनका लागि मात्रै ७ अर्ब १९ करोड ९४ लाख बजेट माग गरेको गृह स्रोतले जानकारी दिएको छ । त्यसबाहेक ९ अर्ब २९ करोड रकम प्रधान कार्यालयले सरकारसँग माग गरेको छ ।

नेपाल प्रहरीमा हाल करिब ७९ हजार, नेपाली सेनामा ९७ हजार, सशस्त्र प्रहरी बलमा ३७ हजार र राष्ट्रिय अनुसन्धान विभागमा ३ हजार जनशक्ति छ । प्रहरीले ३० प्रतिशत जनशक्तिलाई रिजर्भमा राखेर अन्य जनशक्तिलाई निर्वाचनमा खटाउने योजना बनाएको छ ।

पूर्वप्रहरी र पूर्वसैनिकलाई प्राथमिकता

यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि म्यादी मात्रै ७५ हजार भर्ना गरिएको थियो । यसपटक एकै चरणमा निर्वाचन गर्ने सरकारको लक्ष्य रहेका कारण पहिले भन्दा संख्या थप बढ्ने भएको हो ।

गत १९ माघमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमार्फत गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएका थिए । सोहीअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका सुरक्षा निकायले निर्वाचन केन्द्रित सुरक्षाको योजना बनाइरहेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले केन्द्रीय सुरक्षा समितिको बैठकपछि नेपाल प्रहरीको कार्य विभागले निर्वाचन केन्द्रित आन्तरिक तयारी अघि बढाएको जानकारी दिए ।

‘केन्द्रीय सुरक्षा समितिको बैठकपछि नेपाल प्रहरीले निर्वाचनका लागि आन्तरिक तयारी अघि बढाएको छ, कार्य विभागको नेतृत्वमा विभिन्न समिति बनाएर तयारीका लागि आवश्यक प्रक्रिया अघि बढाइँदै छ,’ केन्द्रीय प्रहरी प्रवक्ता केसीले राजधानीसँग भने । प्रहरी प्रधान कार्यालयले कार्य विभागका डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचन केन्द्रित आन्तरिक तयारी अघि बढाएको हो । निर्वाचनका लागि कार्य विभागले म्यादी प्रहरी भर्ना, बजेटको विश्लेषण र आवश्यकता, शान्ति सुरक्षालगायतका अलगअलग विषयमा फरकफरक समिति बनाएर काम गरिरहेको छ । ती समिति विभागको मातहतमा हुनेछन् । २०७४ मा तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो । सो निर्वाचनमा सरकारले सबै गरी २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्दा ७५ हजार म्यादी खटाइएको थियो ।
राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]