१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

एक घरबाट छ जुवाडे पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण ०८, २०७८

ABC (क्राईमबिट)                                   काभ्रेपलाञ्चोक — नमोबुद्ध नगरपालिका–७ स्थित एक घरबाट छ जुवाडे पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई आइतबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

 

स्थानीय गोपाल कुइँकेलको खाली अवस्थामा रहेको घरमा अवैधरूपमा बाजी थापी हारजित हुनेगरी जुवातास खेल्ने खेलाउने भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मङ्गलटारबाट शनिबार राति खटिएको टोलीले उक्त घरमा तास खेलीरहेको अवस्थामा नगदसहित छ जनालाई पक्राउ गरिएको जिप्रका धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा धुलिखेल नपा–३ का ४० वर्षीय अर्जुन तामाङ तथा सोही नपा–११ निवासी ५५ वर्षका लक्ष्मणप्रसाद थपलिया, पनौती नपा–१२ का ३० वर्षीय राजकुमार न्यौपाने, रौतहटको बोधिमाई नपा–२ का ३२ वर्षीय सञ्जीव जैसवाल, दोलखाको बैतेश्वर नपा–४ का ३० वर्षीय जगदीश दियाली र सर्लाहीको ईश्वरपुर गाउँपालिका–५ का ४२ वर्षीय हरिबहादुर रोक्का रहेका छन् ।

खालबाट दुई लाख ८८ हजार ३० रुपैयाँ नगद तथा नखोलेको १६ बट्टा तास र खोलिएको तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकालाई मुलुकी फौजदारी संहिता–२०७४को दफा १२५ को उपदफा १ बमोजिम कसुरमा मुद्दा चलाइनेछ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!