०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

एक घरबाट छ जुवाडे पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण ०८, २०७८

ABC (क्राईमबिट)                                   काभ्रेपलाञ्चोक — नमोबुद्ध नगरपालिका–७ स्थित एक घरबाट छ जुवाडे पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई आइतबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

 

स्थानीय गोपाल कुइँकेलको खाली अवस्थामा रहेको घरमा अवैधरूपमा बाजी थापी हारजित हुनेगरी जुवातास खेल्ने खेलाउने भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मङ्गलटारबाट शनिबार राति खटिएको टोलीले उक्त घरमा तास खेलीरहेको अवस्थामा नगदसहित छ जनालाई पक्राउ गरिएको जिप्रका धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा धुलिखेल नपा–३ का ४० वर्षीय अर्जुन तामाङ तथा सोही नपा–११ निवासी ५५ वर्षका लक्ष्मणप्रसाद थपलिया, पनौती नपा–१२ का ३० वर्षीय राजकुमार न्यौपाने, रौतहटको बोधिमाई नपा–२ का ३२ वर्षीय सञ्जीव जैसवाल, दोलखाको बैतेश्वर नपा–४ का ३० वर्षीय जगदीश दियाली र सर्लाहीको ईश्वरपुर गाउँपालिका–५ का ४२ वर्षीय हरिबहादुर रोक्का रहेका छन् ।

खालबाट दुई लाख ८८ हजार ३० रुपैयाँ नगद तथा नखोलेको १६ बट्टा तास र खोलिएको तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकालाई मुलुकी फौजदारी संहिता–२०७४को दफा १२५ को उपदफा १ बमोजिम कसुरमा मुद्दा चलाइनेछ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्। यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि […]