
ABC (क्राईमबिट)
दाङ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का बर्ष २१ का निशान शाही ठकुर, सोही वडाको गहते बस्ने बर्ष २४ का सुमित भण्डारी, तुलसीपुर ९ का बर्ष २३ का प्रेम डाँगी, सोही वडाका २४ बर्षीय दुर्गेश शर्मा र तुलसीपुर ८ का बर्ष २१ का कमल विक रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले ब्यक्ति अपहरण तथा बन्धक बनाउने कार्यमा सम्लग्न तुलसीपुर ८ नयाँ बस्ती का २० वर्षीय बिशाल सुनार फरार भएको जानकारी दिए ।
डिएसपी अर्यालका अनुसार सोमवार बेलुका तुलसीपुर ३ दमारगाउँस्थित जंगल नजिकैबाट सल्यान बागचौर नगरपालिका ९ घर भई हाल तुलसीपुर ९ बेलुवामा कोठाभाडामा बस्दै आएका १९ वर्षीय ललित वली र रमन डाँगीलाई उनीहरुले अपहरण पछि बन्धन बनाइ कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख रहेको डिएसपी अर्यालले बताए ।
पीडित वलीले बहिनी मनिषा वलीसंगै मोवाइलबाट टिकटक बनाई रहेको समयमा शाही र शर्माले वलीलाई बोलाइ जंगलतर्फ लगेका थिए ।
त्यसपछि वलीकी बहीनीले डाँगीलाई घटनाबारे अवगत गराएपछि डाँगी घटनास्थलमा पुगेका थिए । तर, उनीमाथि पनि उक्त समुहले कुटपिट गरि बन्धक बनाएको पीडितको जाहेरीमा उल्लेख छ । 
डाँगीलाई युवाहरुको एक समुहले अपहरण शैलीमा लगेको भन्ने गोप्य सूचनाका आधारमा इप्रकाबाट गएको प्रहरी टोलीले गहतेबाट पीडितलाई उद्धार गरेको डिएसपी अर्यालले बताए ।
पक्राउ परेकाकाहरुका बिरुद्ध अपहरण तथा शरिर बन्धक सम्बन्धि मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु बिरुद्ध जिल्ला अदालतबाट ६ दिनको म्यान थप भइ अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।