२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दाङ प्रहरीले ब्यक्ति अपहरण तथा बन्धक बनाउने ५ जना पक्राउ परेका

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८


ABC (क्राईमबिट)
दाङ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का बर्ष २१ का निशान शाही ठकुर, सोही वडाको गहते बस्ने बर्ष २४ का सुमित भण्डारी, तुलसीपुर ९ का बर्ष २३ का प्रेम डाँगी, सोही वडाका २४ बर्षीय दुर्गेश शर्मा र तुलसीपुर ८ का बर्ष २१ का कमल विक रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले ब्यक्ति अपहरण तथा बन्धक बनाउने कार्यमा सम्लग्न तुलसीपुर ८ नयाँ बस्ती का २० वर्षीय बिशाल सुनार फरार भएको जानकारी दिए ।

डिएसपी अर्यालका अनुसार सोमवार बेलुका तुलसीपुर ३ दमारगाउँस्थित जंगल नजिकैबाट सल्यान बागचौर नगरपालिका ९ घर भई हाल तुलसीपुर ९ बेलुवामा कोठाभाडामा बस्दै आएका १९ वर्षीय ललित वली र रमन डाँगीलाई उनीहरुले अपहरण पछि बन्धन बनाइ कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख रहेको डिएसपी अर्यालले बताए ।

पीडित वलीले बहिनी मनिषा वलीसंगै मोवाइलबाट टिकटक बनाई रहेको समयमा शाही र शर्माले वलीलाई बोलाइ जंगलतर्फ लगेका थिए ।

त्यसपछि वलीकी बहीनीले डाँगीलाई घटनाबारे अवगत गराएपछि डाँगी घटनास्थलमा पुगेका थिए । तर, उनीमाथि पनि उक्त समुहले कुटपिट गरि बन्धक बनाएको पीडितको जाहेरीमा उल्लेख छ ।

डाँगीलाई युवाहरुको एक समुहले अपहरण शैलीमा लगेको भन्ने गोप्य सूचनाका आधारमा इप्रकाबाट गएको प्रहरी टोलीले गहतेबाट पीडितलाई उद्धार गरेको डिएसपी अर्यालले बताए ।

पक्राउ परेकाकाहरुका बिरुद्ध अपहरण तथा शरिर बन्धक सम्बन्धि मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु बिरुद्ध जिल्ला अदालतबाट ६ दिनको म्यान थप भइ अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]