(ABC-Sanchar)
बाँके । राप्तीसोनारी गाउँपालिकाको बैजापुर र आलीनगर क्षेत्रमा बुधवार दुई वटा बाघ देखिएका हुन । बाघ देखिएपछि स्थानिय बसिन्दाहरु त्रसित बानेका छन ।
बाघको देखिएको सुचना पाए लागत्तै ईलाका प्रहरी कार्यालय धामपुरल उक्त क्षेत्रहरुमा सर्वसाधारणहरुलाई सचेत गराउनुका साथै सुरक्षा निगरानी बढाइएको सई मुकुन्द सिगदेलले बताए ।
केही महिना आगडि राप्तीसोनारीमा नरभक्षि बाघ आक्रमक बनेपछि स्थानियहरुले ढोल बजाएर धपाएका थिए । गत शनिबार फागुन ७ गते बाघको आक्रमणबाट राप्तीसोनारी ६ मा एकको ज्यान गएको थियो । राप्ती सोनारी क्षेत्रमा हाल बाघको त्रास कायमै छ ।
राप्तीसोनारी क्षेत्रमा पटक–पटक बाघले मान्छे खाएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुई वटा घरपालुवा हात्तिसहितको टोली र प्राविधिक टोली परिचालन गरेपनि नरभक्षि बाघ निकुञ्जले नियन्त्रणमा लिन सकेको छैन ।