२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

एसपी मनोज यादव आएपछी धमाधम फरार अभियुक्त पक्राउ हालसम्म १४२ पुगे

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८


ABC (क्राईमबिट)
नवलपरासी । जिल्ला प्रहरी नवलपरासीले विभिन्न मुद्दामा फरार रहेका २० जना अभियुक्तलाई आइतबार प्रहरीले एकैदिन पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट २०५१ सालदेखि २०७२ सालसम्मका विभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको पाल्हिनन्दन गाउँपालिका अन्तर्गतको एरियाबाट कुटपिट मुद्दाका १३ जना फरार अभियुक्तलाई ईलाका प्रहरी कार्यालय अमानीगंजले पक्राउ गरेको हो ।

यसैगरी सरावल गाउँपालिकका अन्तर्गतको एरियाबाट कुटपिट मुद्दामा ४ जना,कुटपिट अंगभंग मुद्दामा २ जना र लागु औषध गाजा चरेस मुद्दामा १ जनालाई प्रहरी चौकी भुजहवाले पक्राउ गरेको हो ।

१९ हजार २ सय ८० रुपैयाँ जरिवाना रहेको २० जना फरार अभियुक्तहरुलाई आवश्यक कारूपान्तर कार्यवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कार्यवाही अगाडि बढिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मंसिर २८ गतेदेखि हासम्म विभिन्न मुद्दाका १ सय ४२ जना फरार अभियुक्त जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कार्यवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रेम बहादुर शाहीले बताए ।

प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार यादव असार २८ गते आएदेखि जिल्ला मातहतका ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी पोष्ट र बिटहरुलाई भन्सार छलि, अवैध सरसमान ओसारपसार नियन्त्रण, चोरी तस्करीबाट राजस्व चुहावट नियन्त्रण, अदालतबाट कैद सजाय सुनाएर फरार अभियुक्तहरुलाई पक्राउ गर्न कडा निर्देशन दिएका छन् । एसपी यादवको कडा निर्देशनसंगै फरार अभियुक्तहरु अहिले धमाधम पक्राउ पर्ने थालेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]