०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

एसपी मनोज यादव आएपछी धमाधम फरार अभियुक्त पक्राउ हालसम्म १४२ पुगे

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८


ABC (क्राईमबिट)
नवलपरासी । जिल्ला प्रहरी नवलपरासीले विभिन्न मुद्दामा फरार रहेका २० जना अभियुक्तलाई आइतबार प्रहरीले एकैदिन पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट २०५१ सालदेखि २०७२ सालसम्मका विभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको पाल्हिनन्दन गाउँपालिका अन्तर्गतको एरियाबाट कुटपिट मुद्दाका १३ जना फरार अभियुक्तलाई ईलाका प्रहरी कार्यालय अमानीगंजले पक्राउ गरेको हो ।

यसैगरी सरावल गाउँपालिकका अन्तर्गतको एरियाबाट कुटपिट मुद्दामा ४ जना,कुटपिट अंगभंग मुद्दामा २ जना र लागु औषध गाजा चरेस मुद्दामा १ जनालाई प्रहरी चौकी भुजहवाले पक्राउ गरेको हो ।

१९ हजार २ सय ८० रुपैयाँ जरिवाना रहेको २० जना फरार अभियुक्तहरुलाई आवश्यक कारूपान्तर कार्यवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कार्यवाही अगाडि बढिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मंसिर २८ गतेदेखि हासम्म विभिन्न मुद्दाका १ सय ४२ जना फरार अभियुक्त जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कार्यवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रेम बहादुर शाहीले बताए ।

प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार यादव असार २८ गते आएदेखि जिल्ला मातहतका ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी पोष्ट र बिटहरुलाई भन्सार छलि, अवैध सरसमान ओसारपसार नियन्त्रण, चोरी तस्करीबाट राजस्व चुहावट नियन्त्रण, अदालतबाट कैद सजाय सुनाएर फरार अभियुक्तहरुलाई पक्राउ गर्न कडा निर्देशन दिएका छन् । एसपी यादवको कडा निर्देशनसंगै फरार अभियुक्तहरु अहिले धमाधम पक्राउ पर्ने थालेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । शनिबार बिहानै हात्तीको झुण्डसँग ठोक्किंदा रेलको इन्जनसहित पाँच डिब्बा लिकबाट बाहिर गएका छन् । न्युज एजेन्सी पीटीआईका अनुसार रेल दुर्घटनामा परी आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ । नयाँ दिल्लीका लागि छुटेको रेल राति सवा २ बजे दुर्घटनामा परेको बताइएको छ । रेलवेले दुर्घटनामा यात्रु घाइते भएको सूचना प्राप्त […]

बाँके । नेपालगन्ज लाइन्स इन्टर नेश्नल नेपाल क्लबको आयोजनामा रक्तदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूलनाराका साथ नेपालगन्ज नर्सिङ होम मेडिकलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रममा होटल ओम स्वस्तिक नेपालगन्जका (मेनेजर) नरेन्द्र कुमार दसौदी लगायत महिला र पुरुष गरि १५ जना स्टाफहरुले रक्तदान गरेका छन् ।होटल ओम स्वस्तिक नेपालगन्जका […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशील सिंह राठौर, तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यू अनुगमन तथा निरीक्षणको क्रममा यस जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभई अपराध अनुसन्धान शाखा निरीक्षण गर्नुभई शाखाबाट सम्पादित कार्य विवरणको बारेमाजानकारी लिनुका साथै जिल्ला प्रहरी […]

error: Content is protected !!